नेपालले भारतको जयनगरदेखि जनकपुरसम्म ७ डिब्बासहितको आफ्नै रेल सञ्चालन गर्ने भएको छ।
लामो समयदेखि प्रतिक्षा हुँदै आएको रेल सेवा सञ्चालनका लागि रेल खरिद गर्ने प्रक्रिया सरकारले अन्तिम चरणमा पु¥याएको छ। डिजेलबाट चल्ने रेल ल्याउनका लागि नेपालले आगामी १५ भित्रमा भारतसँग खरिद सम्झौता गर्ने योजना बनाएको छ।
डिजेलबाट उत्पादित हुने विजुलीबाट चल्ने रेल ७ डिब्बायुक्त हुनेछ जहाँ एकै पटकमा १३ सय जना सवार हुन सक्छन्। ७ डिब्बामध्ये ण्दुई डिब्बा इन्जिन हुनेछ भने ५ डिब्बामा यात्रुका लागि हुनेछ।रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार रेलको कति मूल्यमा खरिद गर्ने भन्ने चाहिँ निर्णय भइसकेको छैन।
‘तर नेपाललाई रेल दिन भारत तयार छ’ मिश्रले नेपालखबरसँग भने, ‘नेपाल पनि ७ डिब्बायुक्त रेल भारतबाट खरिदका लागि तयार भइसकेको छ।’ उनका अनुसार नेपाली र भारतीय पक्षबीच १५ दिनभित्र रेल खरिद सम्झौता हुने गरी रेलको मूल्यका बारेमा छलफल चलिरहेको छ।
खरिद सम्झौता भएको १५ दिनभित्र नेपाालले रेल सञ्चालन गर्न सक्छ’ उनले भने, ‘मतलब, आगामी १ महिनाभित्र जयनगर–जनकपुरमा नेपालको आफ्नै रेल सञ्चालन हुनेछ।’आफ्नै स्वामित्वको भएकाले त्यो रेलमा नेपालको झण्डा हुनेछ। नेपाली रेल भएपनि सञ्चालन भने प्राविधिक टोललीको सहयोगमा हुनेछ।
रेलका ड्राइभरदेखि मर्मत गर्ने मिस्त्री तथा इन्जिनियर पनि भारतका नै हुनेछन्। उनीहरुलाई आवस्यक तलब–सुविधा नेपाल सरकारले नै दिनेछ। उक्त रेल पहिलो चरणमा भारतको जयनगरदेखि नेपालको जनकपुरको कुर्थासम्मको ३५ किलोमिटरमा सञ्चालन हुने भएपनि केही समयपछि बर्दिबाससम्म नै आउनेछ।
हाल कुर्थादेखि बर्दिवाससम्म रेलमार्गको निर्माण भइरहेको छ। चालू आर्थिक वर्ष भित्रै रेलमार्गको उक्त खण्ड निर्माण गरिसक्ने नेपालको योजना छ। जयनगरदेखि बर्दिबाससम्मको दुरी ६९ किलोमिटर छ। अहिले जनकपुरबाट बर्दिबाससम्मको मार्गमा लिक बिछ्याउने काम भइरहेको छ। उक्त रेलमार्ग रेल सञ्जाललाई नेपालमा विस्तार गर्नेबारे नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा नै द्विपक्षीय सम्झौता भएको थियो।
सो सम्झौता अनुसार २०११ माघदेखि जयनगरबाट निर्माण कार्य थालनी भएको हो।- नेपाल खबर
Views: 0