सेती नदिमा डुवेर मरिन् भनेकी आमाले १२ वर्ष पछि छोरा भनेर बोलाएपछि……..

२०७५ माघ १, मंगलवार १४:५४ गते २०७५ माघ १, मंगलवार १४:५४ गते २०७५ माघ १, मंगलवार १४:५४ गते
closeup of the feet of a dead body covered with a sheet, with a blank tag tied on the big toe of his left foot, in monochrome, with a vignette added

डोटीको जोरायल गाउँपालिका–५ गडसेराका २२ वर्षिय अमृत देउवा आईतबार आमा(लक्ष्मी देउवा)को ममताले भरिएको आवाज सुनेपछि निःशब्द भए । त्यो आवाज १२ वर्ष पछि पहिलो पटक सुनेको आवाज थियो । उनलाई त्यतिवेला आफु सपना पो छु कि जस्तो लाग्यो । तर त्यो सपना थिएन । फोनमा आएको त्यो आवाज आमाकै थियो । अमृतले आफू दश वर्षको हुँदादेखि नै आमालाई मनोसमाजिक समस्या भएको थाहा पाएका थिए ।

पछि विस्तारै आमा पूर्ण रुपमा मानसिक सन्तुलन गुमेको अवस्थामा पुगिन् । आमाले मायाले छोरा नभनेको अमृतले कहिल्यै सुन्न पाएन, नत आमाको माया नै । तर अमृतका लागि साउन २९ गतेको दिन, आइतबार कहिले नर्बिसनी दिन भयो ।‘मैले सानैबाट आमाको ममता पाइन तर आज पहिलो पटक आमाले मलाई चिनेर छोरा भनेर बोलाउँदा संसारकै खुसी पाए जस्तो महशुस भएको छ’ अमृतले भने । आमालाई पूर्ण रुपमा निको होला र आमाको माया पाउला भन्ने उनले कहिले

सोचेनन् । ‘आशा नै थिएन् । कल्पनै नगरेको आमाको ममता पाए । यो दिन जीवनको बिर्सन नसकिने दिन बनेको छ,’ उनले हर्षित हुँदै भने । करिब १५ वर्षअघि लक्ष्मीकोमानसिक सन्तुलन गुमेको थियो । आफुहरुले उपचारका लागि धामीझाँक्री, पुजाआजा, ब्रत र बली समेत दियौ तर जतिगरे नी सँन्चो नभएको अमृत बताउँछन् ।.

उपचारका लागि भारतसम्म पु¥याए । तर निको भएन । मानसिक सन्तुलन गुमेका कारण घरबाट भागेर नजाउन भनेर आमालाई पशु झै बाँधेर राख्ने गरेको उनी सम्झन्छन् । तर भागेर बेला बखत हराउँथिन् । खोजेर ल्यायो, फेरि भाग्थिन् । ७ बर्षअघि भागेर दिपायल पुगेकी थिइन् । सडकमा भौतारी महिनौ हराउने कुरा परिवारलाई नौलो हुन छाडेको थियो ।‘एक पल्ट त आमा सेतीमा डुबेर मरेको खबर समेत आयो । पछि बुझ्दा जीउदै भएको थाहा पाए ।’ अमृतले भने । एक दिन जिल्ला प्रहरी कार्यालय डोटीबाट अमृतको मोवाईलमा फोन आयो फोनमा आमालाई सन्चो भएको र घर लगेर जान खबर आयो । अमृतको खुशीको सिमा रहेन । उनलाई पत्याउन मुस्किल पर्यो । हत्तारिदै साउन २९ गते दिपायल पुगे । पत्रकार बिमल बिष्टले वेबारिसे अवस्थामा

सडकमा हिडिरहेका अमृतका आमालाई २०७३ फागुनको अन्तिम साता दिपायल स्थित शैलेश्वरी अस्पताल पु¥याएकाथिए । शैलेश्वरी अस्पतालले मानसिक रोग बिशेषज्ञ डा. मोहन बेलबासेबाट उनको सफल उपचार गराएको थियो । उपचार शुरु गर्दा सन्चो होला भन्ने आशा नरहेको उपचारमा संलग्न डा. जेपी गुप्ता बताउछन् । ‘धेरै पुरानो समस्या थियो । उपचार सम्भव होला भन्ने आशा थिएन् । अविश्वसनिय रुपमा सम्भव भयो । यसलाई उहाँ (लक्ष्मी)को पुनर्जीवन मान्न सकिन्छ ।’ डा.गुप्ताले भने । डा. गुप्ताका अनुसार लक्ष्मीलाई माया प्राप्त गर्ने वातावरण (मेडिकल थेरापी)ले मात्रै नभई सोसिएल थेरापीले पनि सम्भव बताउँछन् ।आईतबार अमृतले आमा लक्ष्मीलाई संगै घर लगेका छन् । उनी घर जाँदा अस्पताल परिवार र अस्पताल आसपासमा बस्ने समुदायले टिकाटालो गरेर बिदावारी गरे । संगै स–सानो रकम सहयोग समेत गरे । लक्ष्मीले अझै दुई-तिन बर्ष औषधी सेवन गर्नुपर्ने छ । अहिलेसम्म निशुल्क उपचार गरेको शैलेश्वरी अस्पतालले बाँकी औषधि पनि निशुल्क उपलब्ध गराउने संचालक आईजंग कुँवरले बताए । त्यसबाहेक जीवनभर उपचार पनि निशुल्क गरिदिने उनले बचन दिएका छन् । लक्ष्मीका श्रीमान र दुई छोराछोरी छन् । महिला खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *