ओमप्रकाश गुप्ता
देउखुरी १६ फागुन । बेस संस्थाले साविकको लालमटिया र सिसहनियाँ गाविसमा सञ्चालन गरेको महिला ससक्तिकरण कार्यक्रमकाबारे सरोकारवालाहरु सँगको वार्षिक समिक्षा कार्यक्रम आज मसुरीयामा सम्पन्न भएको छ ।
युएसएआइडीको आर्थिक सहयोगमा बेस संस्थाद्धारा सञ्चालित साझेदारी विकास परियोजना अन्र्तगत सो कार्यक्रम भएको हो । राप्ती गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष विद्याशरण चौधरीको अध्यक्षता एवम् गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा राप्ती गाउँपालिकाका जनप्रतिनिधि, सरोकारवाला, कर्मचारी, पत्रकारहरुको सहभागीता रहेको कार्यक्रममा दुई बर्ष भित्र सञ्चालन गरिएका कार्यक्रमहरुको उपलब्धि, समस्या, निरन्तरताको प्रयासका वारेमा समिक्षा गरिएको थियो ।कार्यक्रममा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ललितकुमार थापा, वडा नम्बर ४ का वडा अध्यक्ष जगतबहादुर थापा, वडा नम्बर ६ का वडा सचिव मंगलप्रसाद चौधरी, रेडियो राप्ती तथा राप्ती टेलिभिजनका समाचार प्रमुख ओमप्रकाश गुप्ता, महिला ससक्तिकरण समुहका शान्ति सुनार लगायतका वक्ताहरुले बोलेका थिए । बेसका सुशासनका सामाजिक परिचालक सिर्जना शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन महिला ससक्तिकरणका सामाजिक परिचालक संझना गिरीले गरेकी थिइन् ।
Views: 0