अमेरिकी राष्ट्रपतिमा पहिलो पटक हिन्दू महिलाले उम्मेद्वारी दिदै, घोषणा अर्को हप्ता

२०७५ माघ १, मंगलवार १६:२३ गते २०७५ माघ १, मंगलवार १६:२३ गते २०७५ माघ १, मंगलवार १६:२३ गते

सीएनएन । अमेरिकाको नयाँ राष्ट्रपति पदमा पहिलो पटक एक हिन्दू महिलाले उम्मेद्वारी दिने तयारी गरेकी छिन्। उनले आउँदो हप्ता औपचारिक रुपमा उम्मेद्वारीको घोषणा गर्ने बताएकी छिन्।

सीएनएनसँगको कुराकानीमा अमेरिकाकी प्रथम हिन्दू सांसद समेत रहेकी तुलसी गबार्डले २०२० को राष्ट्रपति निर्वाचनका लागि आफूले उम्मेद्वारी दिने निर्णय गरेको बताएकी हुन्।

उनले यस निर्णय लिनुका पछाडि कयौँ कारण रहेको भन्दै उनले विभिन्न चुनौतीको सामना गरिरहेका र मेरो बारेमा चिन्तित रहेका नागरिकलाई आफूले सहयोग गर्न चाहेको बताइन्। कुराकानीका क्रममा उनले भनिन्, यहाँ स्वास्थ्य सेवाको पहुँच, अपराधिक न्याय सुधार तथा जलवायु परिवर्तन जस्ता मुख्य समस्या छन्। म त्यस्ता समस्यासँग जुध्न चाहन्छु।

३७ वर्षकी तुलसीले हवाई राज्यबाट ४ पटकसम्म सांसद पदमा निर्वाचन जितिसकेकी छिन्। तुलसीले हरेक पटक चुनाव जित्दा विशाल अन्तरले प्रतिद्वन्द्वीलाई पराजित गरेकी छिन्। राजनीतिमा आउनुभन्दा अगाडि उनी सैनिक थिइन्। अमेरिकी सेनामा रहँदा उनी १२ महिनासम्म इराकमा तैनाथ भइसकेकी छिन्।

उनले आउँदो हप्ता उम्मेदवारीको घोषणा गरिन् भने अकेरिकामा नयाँ इतिहास बन्नेछ। अहिलेसम्म अमेरिकी राष्ट्रपति पदमा कुनै पनि हिन्दूले उम्मेदवारी दिएका छैनन्।

यदि उनले राष्ट्रपति निर्वाचन जितिन् भने एकैपटक ३ रेकर्ड बन्नेछन्। निर्वाचित भएमा उनी अमेरिकाकी प्रथम हिन्दू राष्ट्रपति, प्रथम महिला राष्ट्रपति र सबैभन्दा कम उमेरकी राष्ट्रपति बन्नेछिन्।

केही महिना अघिदेखि केही हिन्दू अमेरिकीहरुले भारतीय तथा नेपाली मूलका अगुवाहरुलाई इमेल पठाउँदै अमेरिकाको राष्ट्रपति पदमा हिन्दू उम्मेदवारको सम्भावनाबारे राय मागेका छन्।

तुलसी गबार्डको जन्म अमेरिकाको समोआमा एक क्याथोलिक परिवारमा भएको थियो। उनकी आमा ककेशियन हुन्। उनकी आमाले हिन्दू धर्म अपनाएकी थिइन्। तुलसी २ वर्षकी हुँदा उनको परिवार हवाइ सरेको थियो। पछि तुलसीले पनि हिन्दू धर्म अपनाइन्।

२०१२ मा पहिलोपटक उनी हाउस अफ रिप्रिजेन्टेटिभमा निर्वाचित भएकी थिइन्। तुलसी प्रथम अमेरिकी सांसद हुन्, जसले भागवत गीताको नाममा शपथ लिएकी थिइन्। तुलसी नेपाली तथा भारतीय मूलका अमेरिकीहरुमाझ लोकप्रिय छिन्। यहुदी अमेरिकीपछि भारतीय मूलका अमेरिकी समुदाय अमेरिकामा सबैभन्दा प्रभावशाली र धनी समुदाय मानिन्छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *