जाडो सकिन लाग्दा समाउला नि रुघाले, यसरी गर्नुस् हेरचाह

२०७५ माघ १, मंगलवार २२:५९ गते २०७५ माघ १, मंगलवार २२:५९ गते २०७५ माघ १, मंगलवार २२:५९ गते

अहिले मौसम बदलिरहेको छ र बिस्तारै जाडो हट्दैछ । यतिखेर भाइरल ज्वरो र रुघाखोकीको समस्या हुन थाल्छ । त्यसैले स्वास्थ्यमा ध्यान दिन अति आवश्यक हुन्छ । यहाँ लेखिएका कुराहरूलाई अपनाउनुभएमा रोगबाट बच्न सकिन्छ ।

बारम्बार हात धुने
भाइरल संक्रमणको मौसम भएकाले वरपरका संक्रमित मानिसबाट तपाईंलाई रोग सर्न सक्छ । यस्तोमा तपाईंले घरमा वा कार्यालयमा मिलेसम्म हात धुनु ठीक हुन्छ । बाहिरबाट घर फर्केपछि हात र मुख राम्ररी धुनुस् । तपाईंलाई खोकी लागेको छ भने मुखमा रुमाल अवश्य राख्नुस् ताकि नजिकैको मानिसलाई संक्रमण नहोस् ।

हर्बल टी पिउनुस्
तुलसी, मह, पसदीना, ल्वाङ र मरिच हालेको चिया पिउनुस् । यसबाहेक मरिच, जीरा र सक्खरलाई एक गिलास पानीमा उमाल्नुस् । पानी आधी भएपछि छानेर पिउनुस् । छातीमा कफ जमेको पनि ठीक हुन्छ ।

अदुवा र मह
यस्तो मौसममा अदुवा र महको सेवन लाभदायक हुन्छ । यिनीहरूले मौसम बदलिँदा हुने समस्यालाई सजिलै भगाइदिन्छन् । सबभन्दा पहिले अदुवाको रस निकाल्नुस् अनि त्यस रसलाई मनतातो पारेर महमा मिसाउनुस् र बिहानबेलुका सेवन गर्नुस् । एकदुई दिन यसो गर्दा खोकी र कफबाट तपाईंलाई आराम हुन्छ ।

राति लसुन
भाइरलबाट बच्न लसुन पनि राम्रो उपाय हो । लसुनका एक दुई पोटीहरूलाई राति सुत्नुअघि सेवन गर्नुस् । त्यसपछि पानी नपिउनुस् । लसुनको सूप पनि पिउन सक्नुहुनेछ ।

कपडा
बिहान र बेलुका न्यानो कपडा अवश्य लगाउनुस् । यसमा लापरवाही गर्दा ज्वरो वा खोकी जस्ता समस्या बढ्न सक्छन् । रोगप्रतिरोधक क्षमता कम भएका मानिसलाई त भाइरलले छिट्टै समात्छ ।

सरसफाइ
यो मौसममा फूड पोइजनिङ, भाइरल र जण्डिसको खतरा हुन्छ । खानपानमा ध्यान नदिँदा समस्या बढ्न सक्छ । त्यसैले सरसफाइमा ध्यान दिनुस् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *