गरे के हुँदैन ? कवाडीले नै कमाउँछन् वार्षिक ६ लाख भन्दा बढी

२०७५ माघ २, बुधबार १२:४४ गते २०७५ माघ २, बुधबार १२:४४ गते २०७५ माघ २, बुधबार १२:४४ गते

काठमाडौं। नेपाली समाजले सबैभन्दा तल्लो पेशा नै ‘कवाडी’ हो भनेर चिनेको छ। त्यति मात्र होइन कवाडी काम गर्नेलाई मान्छे नै नसम्झिने पनि हाम्रै समाज हो। सहरिया क्षेत्र तथा ग्रामीण भेगबाट कच्चा पदार्थ संकलन गरेर नयाँ बस्तु उत्पादन गर्नका लागि विभिन्न किसिमका कच्चा पदार्थ संकलन गर्ने गरिन्छ। यसरी कच्चा पदार्थ संकलन गर्नेलाई कवाडी भन्ने गरिन्छ।

रौतहटका राम प्रवेश काठमाडौंमा बिहानदेखि बेलुकासम्म कवाडी सामानहरु संकलन गर्छन्। उनलाई पछिल्लो समय यो काम गर्नै पर्ने बाध्यता भने होइन् तर त्यो काम सुरुदेखि नै गरेको हुँदा र कमाइ पनि सन्तोषजनक हुँदा कवाडी पेशा त्याग्न सक्दैनन्।

काठमाडौंको अनामनगरमा कच्चा पदार्थ संकलन गर्ने एउटा अस्थायी घर छ। यसमा राम प्रवेशको टोलीले दैनिक कच्चापदार्थ संकलन गरेको जम्मा गरिन्छ। जम्मा गरेको कच्चा पदार्थ १÷२ हप्तामै कारखानाहरुलाई बेचिन्छ। बेचेर आएको रकम सबैजनालाई भागवण्डा गरेर बाडिन्छ। सो रकम मासिक रुपमा प्रतिव्यक्ति ५० हजार भन्दा कम कहिल्यै हुँदैन।

राजधानी काठमाडौंमा २९ वर्ष पहिलेदेखिकै कवाडी सामान संकलन गर्न सुरु गरेका राम प्रवेश भन्छन्, ‘अब जीन्दगीभरीको पेशा यही नै हुन्छ।’ आर्थिक अवस्था कमजोरका कारण सुरुमा पढ्न सकिएन, अनि के गर्नु?’ उनले भने, ‘पारिवारिक अवस्था कमजोरका कारण पढ्नु भन्दा पनि सीप नै केही सिक्न सकिएन। त्यसैले आफन्तको सल्लाहमा यो काम गरेको हुँ।’

राम प्रवेशले भने, ‘सुरुमा त विभिन्न सहरहरुमा यस्ता कवाडी सामानहरु संकलन गरेर भारतमा बेच्ने गथ्र्यौं, भारतमा कच्चा पदार्थ बेचेको रकम धेरै नभएपनि परिवार पाल्नलाई सजिलै हुन्थ्यो।’

नेपालमा कच्चा पदार्थ प्रशोधन गर्ने कारखानाहरु सञ्चालन भएको १० वर्ष जति भयो। सुरुमा कच्चा पदार्थ भारतमा सिजन अनुसार सस्तो सस्तो मूल्यमा बिक्री गर्नुपथ्र्यो। भारतमा कारखाना सञ्चालकले धेरै नै ठग्ने गर्थे। राम प्रवेशले सम्झदै भने, ‘काम अनुसारको हामीले दाम पाएनौं, सबै ठाउँमा हामीलाई ठग्नेहरुको बिगबिगी थियो, कच्चा पदार्थमा पनि अहिलेका किन्ने मुल्य भन्दा कममै त्यो बेला बेच्नु पथ्र्यो।’

अहिले राम प्रवेशले आफ्नो परिवारलाई सहज तरिकाले पालनपोषण गरिरहेका छन्। छोराछोरीहरुलाई निजी विद्यालयमा अध्ययन गराइरहेका छन्। रौतहटमा उनी मध्यम वर्गीय परिवारको रुपमा स्थापित भएका छन्। राम प्रवेश भन्छन्, ‘समाजमा सबैको अपमानित पेशा आफू जेजति दुःख गरेपनि सन्तानलाई उच्च शिक्षा दिएर समाजमा सभ्य, सफल नागरिक बनाउने मेरो चाहाना छ। छोराछोरीहरुलाई यो काम गराउने छैन।’

राम प्रवेश मात्र होइनन्, रौतहटकै कुलदेव राय यादवको पनि त्यस्तै संघर्ष छ। उनको पनि आर्थिक अवस्था कमजोर भएका कारण यो पेशा अँगालेको उनको भनाइ छ।

‘सुरुमा कवाडी संकलन गर्दा पनि निकै असहजता थियो। सहरमा पनि हामीले कवाडीको काम गर्दा थुक्ने गर्थे, मान्छेको संज्ञा नै दिँदैन थिए, हामीलाई कवाडीको सामाग्री संकलन गर्दा तुच्छ अपमान गरेको धेरै नै सह्यौं।’

यादवले भने, ‘सहनशीलताले नै भविश्य सुन्दर बनाउँदो रहेछ, आजभोली महशुस भैरहेको छ।’ सहरीया क्षेत्रमा नै अपमानित भयौं भने गाउँघरको त के कुरा गर्नु? उनले भावुक हुँदै भने।

पछिल्लो समयमा मधेश समुदायका अधिकाशं व्यक्तित्वहरुले अरु काम भन्दा कवाडीलाई बढी प्राथमिकता दिए जस्तै देखिन्छ। काठमाडौं उपत्यका मात्रै करिब १ लाखको हाराहारीमा कवाडी संकलन गर्नेको संख्या छ। सबैभन्दा बढी काटुन, फलाम, बोत्तलहरु पाइने हुँदा प्रत्येक गल्लीहरुमा दैनिक ५÷६ जना भन्दा बढी कवाडीहरु नै जान्छन्।

कवाडी सामान खरिद गर्दा काठमाडौंमा कागजको प्रति केजी १२ रुपैयाँ, फलाम २० रुपैयाँ, व्याट्रीहरु ८० रुपैयाँ, बोत्तलहरु २ रुपैयाँगरी संकलन गरिन्छ। कारखानामा बेच्दा सिधैं बोराको हजारौं मूल्यमा बिक्री गर्ने गरिन्छ।

देशका विभिन्न ठाउँमा संकलन भएको कवाडी (कच्चा पदार्थ) बुटवल, भैरहवा, बीरगञ्जलगायतका ठाउँहरुमा कारखाना सञ्चालकलाई बिक्री गरेर प्रशोधन तथा पुनःमर्मत गरेर नयाँ बनेका बस्तु बजारमा बिक्री गरिन्छ।

यादवले भने, ‘पछिल्लो समयमा हामी यो कामप्रति एकदमै नजिक छौं। यो कामले नै परिवार धान्न एकदम सजिलो भएको छ।’ मासिक कमाएको पैसाबाट बालबालिका पढाउन, खान, बस्नलगायतका सबै खर्च कटाएर पनि १५÷२० हजार चोखो बच्ने गर्छ।’

अरुले घृणा गरेको काम आफूहरुको लागि फलदायी बनेको यादव बताउँछन्। अहिले काठमाडौंको अनामनगरमा रहेको ‘बाबा विश्वकर्मा कवाडी खाना’ मा १७ जना छन्। सबैले दिनभर कवाडी सामाग्री संकलन गर्छन् भने बेलुका त्यसै कवाडीखानामा सबै सामान जम्मा गर्छन्। साप्ताहिक तथा मासिक रुपमा उक्त सामाग्री प्रशोधन कारखानालाई विक्री गर्दा लाखौंको कारोबार हुन्छ, अनि त्यो सबै पैसा बाड्ने गर्छौं। यादवले भने।

नेपालमा केही काम नै पाइदैन भन्ने युवाहरुका लागि कवाडीहरुको कामले एकदमै चुनौती दिएको छ। पैसा कमाउनैका लागि विदेशीनु दुःखद कुरा हो। यादव भन्छन्, ‘काम सानो ठूलो कहिल्यै हुँदैन, विदेशमा गएर शौचालय सफा गर्न पनि तयार हुनुभन्दा नेपालमै सजिलो काम गर्न पनि सकिन्छ। आफ्नो परिवारसंगै बसेर काम गर्नु जत्ति सजिलो विदेशमा भौतारिनु कदापी राम्रो होइन्।’dcnepal

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *