स्विस बैंकमा २० जना नेपालीको खाता, अरबौ अवैध धन

२०७५ माघ ३, बिहीबार ०८:४३ गते २०७५ माघ ३, बिहीबार ०८:४३ गते २०७५ माघ ३, बिहीबार ०८:४३ गते

काठमाण्डौँ – खोज पत्रकारहरुको अनुसन्धान अनुसार स्विस बैंकमा २० जना नेपालीको खाता रहेको खुलेको छ । दुई बर्ष अगाडी खोज पत्रकारहरुको अन्तराष्ट्रिय समूह (आइसीआइजे) ले पनामा पेपर्स प्रकाशित गरेको थियो ।

जसमा विश्वका चर्चित व्यक्ति र तिनका कम्पनीहरूले आफ्नो अवैध सम्पत्ति लुकाउन र कर छली गर्न कसरी सुरक्षित स्थान (ट्याक्स हेभन) रोजेको खुलेको छ । जसमा २० नेपाली समेत रहेको उल्लेख थियो । तर ति को को हुन् र कति पैसा कसरी राखेका छन् भन्ने बारे केहि खुलासा भएको थिएन ।

आइसीआइजेको सहकार्यममा खोज पत्रकारिता केन्द्रले को को थिए भन्ने खुलासा गर्ने भएको छ। केन्द्रले नेपाललिक्स नामको दस्तावेज सर्बजनिक गर्न लागेको हो। यसमा स्विस बैंकमा नेपालीले राखेको भनिएको ५४ अर्ब कसको नाम रहेको छ ।

अबैध आर्जन गरी कसरी नेपालीले विदेशमा धन लुकाएका छन् । ट्याक्स हेवनको नेपाल नाता, शंकास्पद धनको नेपाल कनेक्सन, अबैध धनको पिछा लगायतका बिषय समेटिने केन्द्रले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *