एटिएमको ताला फुटाएर पैसा चोर्न खोज्ने पक्राउ

२०७५ माघ ३, बिहीबार १७:५० गते २०७५ माघ ३, बिहीबार १७:५० गते २०७५ माघ ३, बिहीबार १७:५० गते

काठमाडौँ -एटिएमको ताला फोडेर पैसा चोर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित एसबिआई बैंकको एटिएमको ताला फुटाउँदै गरेको अवस्थामा बारा कलैया नगरपालिका घर भई ललितपुर सातदोबाटो बस्दै आएका रोहित शर्मालाई पक्राउ गरिएको प्रहरीले आज जानकारी दिएको छ । सो घटनाको विषयमा अनुसन्धान भइरहेको जनाइएको छ ।

उता बूढानीलकण्ठ नगरपालिका–३ चपली बस्ने उदयपुरका ४२ वर्षीय खगेन्द्र राईको काठमाडौँ महाराजगञ्जस्थित करु कन्स्ट्रक्सनको निर्माणाधीन भवनबाट खसेर मृत्यु भएको छ । बाँसको खट बनाउने क्रममा बुधबार दुई तलामाथिबाट खस्दा गम्भीर घाइते भएका उनको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *