सांसदकाे कठघरामा उभिँदै छन् प्रधानमन्त्री ओली, आज प्रत्यक्ष सवालजवाफ हुने

२०७५ माघ ४, शुक्रबार १०:०५ गते २०७५ माघ ४, शुक्रबार १०:०५ गते २०७५ माघ ४, शुक्रबार १०:०५ गते

काठमाडौं । संघीय संसदकाे प्रतिनिधिसभाकाे आजकाे बैठकमा प्रधानमन्त्री केपी शर्मा आेली सांसदहरुकाे ‘कठघरा’मा उभिन लागेका छन् । प्रधानमन्त्रीसँग आज सांसदहरुले प्रत्यक्ष सवालजवाफ गर्ने कार्यक्रम राखिएकाे छ ।

आज दिउँसो १२ बजे बस्ने प्रतिनिधिसभाकाे बैठकमा सांसदहरुले प्रधानमन्त्री ओलीसँग सरकारका कामकारबाहीबारे प्रत्यक्ष प्रश्न सोध्न पाउने भएका छन् । यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीसँग प्रश्न साेध्न नपाएकाे भन्दै प्रश्नोत्तर कार्यक्रम राख्न सभामुखको ध्यानाकर्षण गराएको थियो ।

आजकाे बैठकमा सांसदहरुले प्रश्न राख्ने र प्रधानमन्त्रीले ती प्रश्नकाे जवाफ तत्कालै दिनुपर्ने कार्यक्रम राखिएकाे हाे । बैठकको सुरुमै हुने सवालजवाफ कार्यक्रम करिब एक घण्टासम्म चल्ने र १० जनासम्म सांसदले प्रश्न साेध्न पाउने संसद सचिवालयले जनाएको छ । प्रश्न सोध्न चाहने सांसदले एक घण्टाअघि नै आफ्नो प्रश्नबारे सभामुखलाई जानकारी गराउनुपर्नेछ ।

प्रधानमन्त्रीसँग पहिलोपटक संसदमा यसप्रकारकाे प्रत्यक्ष सवालजवाफ हुन लागेको हो ।

प्रतिनिधिसभा नियमावलीको परिच्छेद ९ नियम ५६ अनुसार प्रत्येक महिनाको पहिलो र तेस्रो हप्तामा बस्ने पहिलो बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम राख्न सकिने व्यवस्था छ ।

सवालजवाफ सकिएपछि आजैकाे प्रतिनिधिसभा बैठकमा केही विधेयकहरु समेत पेश गर्ने कार्यसूची रहेकाे सचिवालयले जानकारी दिएकाे छ । सचिवालयका अनुसार गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पारमाणविक विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यसैगरी कानुन न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले नेपालको संविधान अनुकुल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्नेलगायतका कार्यसूची अाजकाे बैठकमा तय गरिएकाे छ ।kavreonline

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *