नशाले होस गुमाएका एक छोराले आफ्नै आमालाई बलात्कार गर्ने प्रयास गरे । जब आमाले यसको विरोध गरिन् त्यसपछि उनले ढुंगाले हानेर आमालाई नै मारिदिए । आमाको हत्याको चार दिनपछि यो रहस्य खुलेको छ । प्रहरीले ती छोरालाई गिफ्तार गरेर मुद्दा अगाडि बढाएको छ ।
७ डिसेम्बरका दिन भारतको ग्वालियर कैलारसमा बस्ने लक्ष्मी मित्तलको मृत शरीर उनको घरमा भेटिएको थियो । प्रहरीले फरेन्सिक जाँच कर्दा उनीमाथि कसैले बलात्कारको प्रयास गरेको थाहा पायो । लक्ष्मीले बलात्कारको विरोध गर्दा उनलाई निर्घात कुटपिट गरिएको तथ्य फरेन्सिक जाँचले खोलेको थियो । त्यसपछि प्रहरीको शंका उनका २४ वर्षका छोरा सुरजमाथि गयो । सुरज नशाको लतमा फसेका दिए र दिनहुँजसो आमासँग लडाइ झगडा गरिरहन्थे ।
लक्ष्मीका श्रीमान् प्रभुदयालको ७ वर्ष पहिले नै मृत्यु भइसकेको थियो र उनी छोरा सुरजसँग बस्थिन् । हत्याको अघिल्लो दिन ६ डिसेम्बरमा पनि छिमेकीले लडाइ झगडाको आवाज सुनेका थिए । प्रहरीले सुरजको कुनै नशेडी साथी घरमा आएको हुन सक्ने र उसैले बलात्कारको प्रयास गरेर हत्या गरेको हुनसक्ने अनुमान लगायो । प्रहरीले सुरजसँग सोधपुछ जारी राख्यो । प्रहरीले सोधपुछमा कडाइ गरेपछि सुरजले सबै कुरा स्वीकार गरेका थिए ।
६ डिसेम्बरका दिन राती सुरज नशाले लठ्ठ भएर घर आएका थिए । आमालाई बलात्कार गर्ने उद्देश्यले उनी माथिल्लो तलामा गए । तर बलात्कारको आमाले प्रतिकार गरिन् । बलात्कारको प्रयासमा सफलता नपाएपछि उनले आमालाई पिट्न सुरु गरे । यही क्रममा उनले एउटा ठूलो ढुंगा ल्याएर आमाको टाउकोमा हाने जसका कारण लक्ष्मीको मृत्यु भयो । आमा मरेपछि उनी आफ्नो कोठामा गएर सुते । भोलिपल्ट बिहान लक्ष्मी मृत अवस्थामा भेटिँदा उनी रोइरहेको अवस्थामा भेटिएका थिए । तर, सुरजले पटक पटक बयान बदलेका कारण प्रहरीलाई शंका भएको थियो ।
प्रधानमन्त्री ओलीले बोलेका पूरा गरे, तुइन विस्थापित गरि ११३ स्थानमा बन्यो झोलुङ्गे पुल
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा शुरु गरेका ‘तुइन विस्थापन कार्यक्रम’ अन्तर्गत ११३ स्थानमा झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको छ ।ग्रामीण स्थानमा स्थानीयवासी जोखिमपूर्ण रुपले खोला तर्नुपर्ने बाध्यता हटाउन सरकारले विसं २०७२ असोजमा देशभर रहेका तुइनको खोजी गर्ने र त्यस ठाउँमा झोलुङ्गे पुलको निर्माण गर्ने घोषणा गरेको थियो ।
त्यतिबेला देशभरमा १८७ तुइनको पहिचान भएको सस्पेन्स विभागका इञ्जिनीयर हुमाकान्त मिश्रले बताए । विसं २०७२ मा नै देशभरमा कुनकुन स्थानमा तुइनमार्फत स्थानीयवासी जोखिमपूर्ण रुपमा खोला तरिरहेका छन् भन्ने खोजी भएको थियो । त्यसपछिका वर्षहरुमा सरकारले झोलुङ्गे पुल निर्माणका लागि बजेट विनियोजन गरिरहेको छ ।
‘जति ठाउँमा बाँकी छन् त्यहाँ पनि केही न केही समस्या छ’, उनले भने । त्यो समस्या हटाएर देशभर तुइन विस्थापित गर्न विभाग लागेको छ । त्यतिबेला पहिचान भएका पुलमध्ये ५२ पुल आवश्यक नभएको विभागले बताएको छ । त्यस स्थानको नजिकै अर्को झोलुङ्गे पुल भएकाले वा चाँडै त्यस स्थानमा मोटर गुड्ने पुलको सम्भावना रहेका स्थानमा झोलुङ्गे पुलको निर्माण नगर्ने निर्णय भएको हो ।
हिउँदमा मात्रै बग्ने र साना खोलाभन्दा बाह्रै महीना खोला तर्न नसकिने ठाउँमा पुल निर्माणलाई प्राथमिकता दिइएको मिश्रले बताउनुभयो । उनले भने, ‘हामीले यहाँबाट सकेसम्म ग्रामीण भेगका त्यस्ता ठाउँमा झोलुङ्गे पुल बनाउँछौँ जुन ठाउँमा १० वर्षसम्म पनि मोटरबाटोको सम्भावना छैन ।’पहिचान भएका पुलमध्ये अहिले १७ स्थानमा अहिले काम भइरहेको छ । १८७ तुइनमध्ये ११३ स्थानमा सम्पन्न छन् र ५२ ठाउँमा पुल नचाहिने पाइएको छ । महाकालीको पाँच ठाउँमा पुल बनाउनका लागि भारतको केन्द्र र प्रदेश सरकारको सहमति चाहिन्छ ।
देशभरका धेरै ठाउँमा झोलुङ्गे पुल निर्माण अघि बढ्न नसक्नुमा सबैभन्दा ठूलो समस्याका रुपमा जग्गासम्बन्धी समस्या रहेको छ । सरकारको कतै पनि पुल निर्माण गर्नका लागि मुआब्जा दिने व्यवस्था गरेको छैन ।त्यसो हुँदा सार्वजनिक जग्गा भएका ठाउँमा सजिलै पुल बन्ने भए पनि निजी जग्गा भएका ठाउँमा विवाद आइरहेको इञ्जिनीयर मिश्रले बताए । उनले भने, ‘जुन ठाउँमा पुल निर्माण गर्न चाहेको हो वा पुल आवश्यक छ त्यस स्थानमा स्थानीयवासीले स्वइच्छाले जग्गा नछाड्दा समस्या आउने गरेको छ ।’
महाकाली नदीमा आठ वटा तुइन रहेको अध्ययनका क्रममा देखिएको थियो । तीमध्ये तीन पुलको निर्माण सकियो भने पाँच पुलको निर्माण शुरु हुन सकेको छैन । यी पुलले नेपाल र भारत जोड्छ । पुल निर्माणका लागि त्यहाँका प्रदेश सरकारले सहमति नदिँदा पुल निर्माण हुन नसकेको उनले बताए ।स्थानीयस्तरबाट आएका मागबाट बढी आवश्यक भएका ठाउँको छनौट गरेर विभागले पुल निर्माण गर्दै आएको छ । तुइन विस्थापित गर्ने पुलसँगै अरु पुल गरेर यो आर्थिक वर्षभित्रमा १०० पुलको निर्माण सक्ने विभागको योजना छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतका यो विभागले १२० मिटरभन्दा लामो पुलको निर्माण गर्दै आएको छ । त्यो भन्दा छोटो पुल गाउँपालिका र नगरपालिकाले निर्माण गर्छन् ।kavreonline
Views: 0