संसारकै ‘क्युट’ कुकुरको मृत्यु

२०७५ माघ ८, मंगलवार ०८:२८ गते २०७५ माघ ८, मंगलवार ०८:२८ गते २०७५ माघ ८, मंगलवार ०८:२८ गते

सामाजिक सञ्जालमा ‘स्टार’ बनेको एक १२ वर्षीय पामेरियन जातको कुकुर मरेको छ । यो कुकुरको नाम ‘बू’ राखिएको थियो ।

सन् २०१७ मा आफ्नो सबैभन्दा प्रिय साथी ‘बडी’ मरेपछि बू निकै विक्षिप्त बनेको थियो । कुकुरका मालिकले बताएअनुसार त्यसपछि यो कुकुरलाई मुटुसम्बन्धी समस्या निम्तिएको थियो ।

बडीको मृत्युपछि बू को मुटु चुडिएको अनुभूति भएको कुरा बूको आधिकारिक फेसबुक पेजमा उल्लेख गरिएको छ । फेसबुकमा बू का डेढ करोड भन्दा धेरै फलोअर्स थिए ।

यो कुकुरलाई स्टार कुकुर धेरै पटक टेलिभिजनमा देखाइएको थियो भने कुकुरकै नाममा ‘बू – द लाइफ अफ वर्ल्ड्स क्यूटेस्ट डग’ नामक किताब पनि प्रकाशन भएको छ ।

बू र उसको प्रिय साथी बडी ११ वर्षसम्म सँगै रहे । बडीको सन् २०११ डिसेम्बरमा मृत्यु भएको थियो । बू का मालिकका अनुसार गएको शनिबार राति सुतेकै अवस्थामा बू को मृत्यु भएको थियो ।

– बीबीसीबाट

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *