भालुवाङका मासु पसलहरुको अनुगमन

२०७४ फाल्गुन २२, मंगलवार १५:४० गते २०७४ फाल्गुन २२, मंगलवार १५:४० गते २०७४ फाल्गुन २२, मंगलवार १५:४० गते

ओमप्रकाश गुप्ता
भालुवाङ २२ फागुन । राप्ती गाउँपालिका पशुसेवा शाखाको अगुवाईमा मंगलवार राप्ती उद्योग वाणिज्य संघमा आवद्घ मासु पसलहरुको अनुगमन गरिएको छ । राप्ती उद्योग बाणिज्य संघ भालुवाङ, ईलाका प्रहरी कार्यालय भालुवाङ, पशु क्वारेन टाईम भालुवाङ र पत्रकारहरुको संयुक्त टोलीले कुखुरा, बाख्रा, भैसीको मासु विक्रि गर्ने पसलहरुमा अनुगमन गरेको हो ।
अनुगमनको क्रममा अधिकांस मासु विक्रि पसलहरुको अवस्था नियमानुसार नरहेको पाईएको छ । सरसफाईको कमी, अब्यवस्थीत बधशाला, असुरक्षित हतियार, दर रेट कायम नगरिएको, असुरक्षित भण्डारण पाईएको राप्ती गाउँपालिका पशु सेवा शाखा प्रमुख हेमराज आचार्यले जानकारी दिएका छन् । मासु विक्रि पसल नामको मात्र फ्रेस हाउस रहेको र ग्राहक र स्वयंलाई अशुरक्षित पार्दै मासु विक्रि गरिदै आएको पाईएको प्रमुख हेमराज आचार्यले जानकारी दिए । अनुगमन टोलीले कल्पना फ्रेस हाउस, न्यु खान मासु पसल एण्ड सप्लायर्स, मुस्कान फ्रेस हाउस,हिमा फ्रेस हाउस,आयुष्का रियाफिस फ्रेस हाउस, बस्नेत फ्रेस हाउस,रसिद कुरेसी फ्रेस हाउस र रसिद कुखुरा मासु पसलको अनुुगमन गरेको हो । अनुगमनको क्रममा राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष जगत पोख्रेलले नियमानुसार सबै मासु पसल दर्ता एवं ग्राहक र स्वयंको स्वाथ्थको ख्याल गरेर ब्यवसाय सञ्चालन गर्न ब्यवसायीहरुलाई अनुरोध गरेका छन् । अनुगमन गर्ने क्रममा मासु विक्रि गर्ने पसलले अपनाउनुपर्ने नियम, सरसफाई, मासुको गुणस्तर, मासुको स्वस्थताका वारेका जानकारी गरिएको थियो ।
अनुगमन कार्यक्रममा पशु सेवा शाखाका संयोजक हेमराज आचार्य, इप्रका भालुवाङका प्रमुख रविन्द्र खड्का, राप्ती उवा संघका अध्यक्ष जगत पोख्रेल, पशु क्वारेन टाईमका प्रमुख गिरिराज अधिकारी लगायतको सहभागिता रहेको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *