सहयोगी हातहरुको पर्खाइमा अपाङ्ग महाबिर रोका

२०७४ फाल्गुन २३, बुधबार ०५:३३ गते २०७४ फाल्गुन २३, बुधबार ०५:३३ गते २०७४ फाल्गुन २३, बुधबार ०५:३३ गते

सागर थापा
दाङ २३ फाल्गुन
घोराही उपमहानगरपालिका वडा नम्बर १५ सरस्वती टोल काठेकोल स्कुल पछाडि भाडामा बस्ने महवीर रोका अहिलेसम्म ४६ बर्षका भए महाबिरको १ छोरा १ छोरी घरको आर्थिक स्थिति ज्यादै नाजुक भएको बताउदै महबिर बिगत ९ बर्ष देखि आफू अपाङ्ग बिमारी भएर ज्यादै दुख पाएको बताउनुहुन्छ । ट्रकमा समान अनलोड गर्दा समानले च्यापेर मेरो खुट्टा भाचियो म बेहोस भए मेरो होस अस्पतालमा खुल्यो अनि मलाई बल्ल थाहा भो कि मेरो खुट्टा भाचिएको रैछ भनेर त्यती बेला म सङ पैसा भएको भए मेरो खुट्टा जोडिने थियो होला पैसा न भएर मेरो खुट्टाको राम्रो सङ उपचार पनि हुन सकिन आज भोलि हरेकको घरमा घर घरमा दैलोमा गएर चंदा लिनुपर्ने आफ्नो बाध्यता भएको बताउनु हुन्छ ।

७। कक्षा सम्म अध्ययन गरेका बताउदै महाबिरले आफ्नो यही दुरावस्थाकै कारण र घरको दयनिय आर्थिक अवस्थाले गर्दा श्रीमती र छोराले आफुलाई छोडेर गएको बताउदै अहिलेसम्म १२ बर्षको छोरीले आफ्नो दिसा पिसाव सफा गर्ने र हेरचार गर्ने गरेको दुखेसो पोखे आफ्नो यो अबस्थालाई सहयोगी हातहरुले बुझिदिएर औषधी उपचार गरिदिए आफुले देउताको दर्जा दिने महाबिर बताउछन । शाशिरिक रुपले पनि काम गर्न असमर्थ भएकोले जति सक्यो चाडो आफ्नो उपचार हुनसक्यो भने सानो तिनो पेशा व्यावसाय गरेर बस्ने पनि उहाँको सोच रहेको छ ।

करिब ६ लाख रुपैया जति खर्च लाग्छ भनेर डाक्टरले भनेका छ्न र औषधी उपचारको लागि काठमाडौंमा नै जानुपर्ने भएकोले सबैले पहल गरिदिन पनि यस प्रदेश अनलाइन खबर मार्फत उहाँले अनुरोध गर्नु भएको छ । उहाँको अबस्था लाई मध्यनजर गर्दै तपाईहरुले सक्दो सहयोग रकम उहाँको खुट्टाको उपचारको लागि सहयोग गरेमा तपाईंको सानो सहयोगले पनि कसैको जीवनदान हुन सक्छ । तसर्थ सेवा नै धर्म हो भन्ने कथनलाई हामीले कहिले भुल्ने छैनो भन्ने अपेक्षा सहित उहालाई सहयोग गर्न चाहेमा हाम्रो यस अनलाइन मार्फत आएर दिए पनि या उहाँकै मोबाइल ढडण्टद्दठद्दडद्धद्द नम्बरमा फोन गरेर सहयोग गर्न सक्नु हुनेछ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *