टिनले घर छाउने रहर पुरा गर्दै घोराही १६ का गरीव तथा विपन्न समुदाय

२०७४ फाल्गुन २३, बुधबार १५:३५ गते २०७४ फाल्गुन २३, बुधबार १५:३५ गते २०७४ फाल्गुन २३, बुधबार १५:३५ गते

नवीन अभिलाषी
दाङ । घोराही उपमहानगरपालिका वडा नं. १६ सर्राका जीवन चौधरीले लामो समय देखि घर बनाउन सकेका थिएनन् । जनप्रतिनिधिहरु आएपछि भएको एउटा निर्णयले घर बनाउने हिम्मत आयो । पुरानो र जिर्ण घर भत्काएर पुरानै कच्ची ईट्टाको दुई दले घर ठड्याएका जीवनले घर छाउने टिन सहयोग प्राप्त गरे ।

घोराही उपमहानगरपालिका वडा नं. १६ ले वडाका सम्पुर्ण फुस तथा खरको छानो हटाउने अभियान अन्र्तगत अहिले टिनको पाता वितरण गर्न सुरु गरेको छ । ७ हजार बढि घरधुरी रहेको १६ नम्बर वडामा करिब ६४ घर फुस तथा खरले छाएको छ । ती घरमा खर विस्थावित गरि टिनको छाना लगाउने अभियान सुरु भएको छ । जस अन्र्तगत जीवन चौधरीले २६ पाता, बलिराम थापाले २६ पाता, उमा चौधरीले २६ पाता, निमकुमारी नेपालीले २९ पाता, अनुप चौधरीले ३१ पाता र होमबहादुर चौधरीले १९ पाता वितरण गरिएको हो ।

बलिराम थापाले धेरै वर्ष पछि घरमा टिन लगाउने सपना पुरा भएकोमा खुशी ब्यक्त गरे । ‘ठिकै हो, खुशी छु । घर बनाएर ठिक्क छ अब यहाबाट टिन लगेर छाउने काम सुरु हुन्छ । मिस्त्री टिन पर्खेर बसेका छन ।’ आयस्रोत बलियो नभएका कारण राम्रो घर बनाउन नसकेकाहरुले टिनको पाता प्राप्त गरेपछि उनिहरुले खुशी ब्यक्त गरेका छन ।

वडा अध्यक्ष लक्षिनप्रसाद बुढाले ४८ घरका लागि टिन अर्डर भैसकेको बताए । ‘वडामा ६४ वटा घर फुसले छाएको सर्वेक्षणको क्रममा भेटिएको थियो । यसमा केहि घरहरु छुटेको पनि पाईएको छ ।’ बुढाले भन्नुभयो, ‘प्राविधिकको स्टिमेट गरेर घरको प्रकार र आकार अनुसार टिन वितरण गर्न सुरु भएको छ । पहिलो चरणमा हामीले ६ जनालाई टीन वितरण गरेका छौँ ।’ वडा कार्यालयले १ वर्ष भित्रै खरको छाना हटाउने प्रतिबद्धता जनाएको छ । यस आर्थिक वर्षका लागि १४ लाख रुपैया बजेट विनियोजन गरेको बताएको छ ।

वडामा रहेका विपन्न परिवारहरुको आर्थिक समृद्धिका लागि उनिहरुलाई आबस्यक पर्ने सुरक्षित आबास प्रदान गर्ने राज्यको दायित्व भएको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले बताए । जनताले सुरक्षित घरमा बस्न पाउनु पर्ने भन्दै सबै नागरिकले सुरक्षित बासस्थान बनाउन सक्छन् भन्ने नभएकाले राज्यको दायित्व पनि रहेको उनको भनाई छ । वडा अध्यक्ष लक्षिनप्रसाद बुढाको अध्यक्षता तथा मेयर नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले विपन्न समुदायको लागि जनप्रतिनिधिहरुको सरकारले गरेको सहयोग प्रति खुशी ब्यक्त गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *