बलात्कार काण्ड: भर्खरै पूर्व प्रहरी एसपी पक्राउ दुई जना प्रहरी निलम्बित

२०७५ माघ ९, बुधबार १०:३५ गते २०७५ माघ ९, बुधबार १०:३५ गते २०७५ माघ ९, बुधबार १०:३५ गते

काठमाडौं बलात्कार गर्ने प्रयास गरेको आरोपमा दुई जना प्रहरी निलम्बित भएका छन् । जबर्जस्ती करणीको आरोपमा जिल्ला प्रहरी कार्यालय संखुवासभा जिल्लामा कार्यरत दुई जना प्रहरी निलम्बित भएका हुन् । बलात्कारमा उनिहरुको संलग्नता देखिएपछि निलम्बन गरिएको प्रहरीले जानकारी दिएको छ ।

संखुवासभाको इलाका प्रहरी कार्यालय आँखीभूइँमा कार्यरत प्रहरी सहायक निरीक्षक धनराज खतिवडा र इलाका प्रहरी कार्यालय हेदाङ्नामा कार्यरत प्रहरी जवान मिक्मा शेर्पा निलम्बनमा परेका हुन् । उनीहरुमाथि १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक श्यामकुमार सारु मगरका अनुसार प्रहरी सहायक निरीक्षक खतिवडालाई जिल्ला अदालतबाट तारेखमा छाडिएको र प्रहरी जवान शेर्पा हिरासतमा रहेका छन् । दोषीमाथी कारवाही गर्न स्थानीयले माग गरेका छन् ।

नेपाल प्रहरीबाट अवकासप्राप्त पूर्व प्रहरी (एसपी) कृष्ण खड्का पक्राउ परेका छन् । खड्कालाई साईबर अपराध सम्बन्धी मुद्धामा नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरजप्रताप सिंहले रातोपाटीलाई जानकारी दिए ।खड्काले चलाउँदै आएको फेसबुक आईडीबाट आफ्नै बुहारीलाई अश्लिल गालीगलौज गरेको म्यासेज पठाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

खड्काकी भाईबुहारी सुमन खड्काले दिएको साईबर अपराध विरुद्धको जाहेरीका आधारमा उनलाई नियन्त्रणमा लिएको एसएसपी सिंहले बताएका छन् ।नेपालगञ्ज स्थायी घर भएका पूर्व एसपी खड्का र उनको भाई–बुहारीको बीचमा विगत पाँच बर्षदेखि अंश मुद्धा चलिरहेको छ । खड्कालाई नेपालगञ्जबाट आईतबार नियन्त्रणमा लिएर काठमाडौं ल्याएको बताइएको छ। kavreonline

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *