काठमाडौँ, ९ माघ : आज बुधबार नेपाली बजारमा अमेरिकी डलरको भाउ ह्वात्तै बढेको छ। नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डलरको खरिददर मूल्य १ सय १४ रुपैयाँ पुगेको छ भने विक्रिदर मूल्य १ सय १४ रुपैयाँ ६० पैसा छ।
त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ ५९ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ७३ पैसा छ। त्यस्तै यूके पाउण्डको खरिददर १४७ रुपैयाँ १८ पैसा छ भने बिक्रिदर १४७ रुपैयाँ ९५ पैसा छ।
एक साउदी रियालको खरिददर ३० रुपैयाँ ४० पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ५६ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ ३१ पैसा छ भने विक्रिदर ३१ रुपैयाँ ४८ पैसा रहेको छ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0