घोराही, फागुन २३
राप्ति अञ्चल सार्वजनिक यातायात बस ब्यवसायि समितिको नयाँ नेतृत्व सर्वसम्मत बनाएको कार्यदलले आफ्नो काम सुरु गरेको छ । उक्त कार्य दललाई नेतृत्वमा सहमति जुटाउन जिम्मेवारी दिएको छ । सोही जिम्मेवारी अनुसार राप्ति समितिका सल्लाहकार कार्यदल संयोजक खड्ग बुढाथोकिले नेतृत्वमा आउन चाहने ब्यवसायिहरुसंग छलफल एंव भेटघाट सुरु गरेका छन् । उनले नेतृत्व सर्वसम्मत बनाउन सबै उपाय अवलम्वन गरीनेसमेत बताए । ‘कार्य दलले नेतृत्वमा आउन चाहने आकाङ्क्षीहरुसंग निरन्तर छलफलमा जुटेको छ, सबैको विचार, भावना बुझ्ने काम भइरहेको छ–बुढाथोकिले भने–ब्यवसायिहरुको हकहितका लागि नेतृत्व सर्वसम्मत बनाउन हामिले आफ्नो क्षमताले भ्याए सम्म लागिपरेका छौ, आशा छ यसको परीणाम सकारात्मक निक्लनेछ ।’ उनले नेतृत्वका इच्छा राखेका ब्यवसायिहरुसंग निरन्तर सम्पर्कमा रहेको र उनिहरुसंगको भेटघाटलाई जारी राखेकोसमेत बताए । मंगलवार तुलसिपुरमा भएको राप्ति समितिका सल्लाहकार, पदाधिकारी र यातायात ब्यवसायिहरुको भेलाले समितिको नेतृत्व सर्वसम्मत बनाएर यातायात क्षेत्रमा नयाँ शन्देश र मान्यता स्थापित गर्न सहयोग पुर्याउने उदेश्यले बुढाथोकिको नेतृत्वमा कार्यदल बनाएको थियो ।
कार्य दलको संयोजकको जिम्मेवारी लिएपछि सल्लाका बुढाथोकिले सबै ब्यवसायिहरुको चित्त बुुझ्ने गरी राप्ति समितिको नयाँ नेतृत्व सर्वसम्मत बनाउने बताए । उनले यातायात ब्यवसायिहरु निरन्तर हक हितमा लागिपरेको मुलुककै उत्कृष्ट समितिको नयाँ नेतृत्व सर्व सहमतिको माध्यमवाट बनाउन जिम्मेवारी दिएकोमा समिति, समितिका पदाधिकारी, सदस्य तथा यातायात ब्यवसायिहरुलाई विशेष धन्यवाद समेत दिए । कार्य दलले सबै ब्यवसायिहरुलाई मान्य हुने गरी नयाँ नेतृत्व सर्वसम्मत बनाउन ध्यान दिने भन्दै संयोजक बुढाथोकिले नेतृत्वलाई समावेशी, सबै क्षेत्रको प्रतिनिधित्व र कार्य दक्षता, समितिप्रति लगाव सबै कुराहरु ख्याल गरेर नेतृत्व तयार हुने बताए ।
आफुलाई विश्वास गरेर समीतिको नयाँ नेतृत्व बनाउन जिम्मेवारी दिएकोमा आफु अत्यन्तै खुसि हुनुका साथै थप जिम्मेवार बन्न सहयोग पुर्याएको संयोजक बुढाथोकिको भनाई छ । सर्वसम्मत नेतृत्व बनाउन आफु सल्लाहकारको हैसियतले निरन्तर लागिपरेको भन्दै समितिमा समय दिने र सबैलाई मिलाएर हाक्न सक्ने इच्छाशक्ति भएकोलाई नेतृत्वमा ल्याउनुपर्ने भन्दै नयाँ र पुराना ब्यवसायिहरुलाई मिलाएर नेतृत्व तयार गरीएमा उर्जाशिल र थप कार्य क्षमता प्रर्दशन हुनेमा उनले विश्वास ब्यक्त गरे । यहि फागुन २५ गते हुन लागेको अधिवेसनमा नेतृत्व सर्वसम्मत बनाउन चारैतिरवाट दवाव परेपछि युवा ब्यवसायि समितिका सल्लाहकार खड्ग बुढाथोकिको संयोजकत्वमा कार्यदल बनेको हो । बुढाथोकि निरन्तर राप्ति समितिको सल्लाहकारको जिम्मेवारीमा रहेका छन् । यसअघि राप्ति समितिको कार्य समिति सदस्य भएर काम गरेको उनिसंग लामो अनुभव छ । कार्य समिति सदस्यपछि उनि अहिलेसम्म बनेका सबै कार्य समितिमा सल्लाहकार छन् ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको उपाध्यक्ष भएर काम गरीसकेको हिसावले पनि राप्ति समितिको सर्वसम्मत मुलुककै उत्कृष्ट यातायात ब्यवसायि समितिकोरुपमा गनिएको राप्ति अञ्चल सार्वजनिक यातायात वस ब्यवसायि समितिको यहि फागुन २५ गते हुन लागेको अधिवेसनको सन्दर्भमा नयाँ नेतृत्व सर्वसम्मत बनाउन जिम्मेवारी पाउनु भएकोमा समितिका सल्लाहकार,पुर्व कार्य समिति सदस्य एंव दाङ जिल्ला उद्योग वाणिज्य संघका पुर्व उपाध्यक्ष खड्ग बुढाथोकिलाई जिम्मेवारी सफलता पुर्वक सम्पन्न गर्नुहोस वधाई तथा शुभकामना सर्वसम्मतनयाँ नेतृत्व सर्वसम्मत बनाउन जिम्मेनेतृत्व तयार गर्न बुढाथोकिलाई भेलाले सर्वसम्मत कार्यदल बनाएर जिम्मा दिएको हो । समितिको नयाँ नेतृत्व चयनका लागि बुढाथोकीको सयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरेको राप्ति अञ्चल सार्वजनिक यातायात बस ब्यवसायि समितिका अध्यक्ष सुरेश हमालले जानकारी दिनु भयो । उहाले अधिवेसनलाई भब्य र सभ्य बनाउन सबैको सहयोग आवश्यक रहेको भन्दै सबै ब्यवसायिले सहमतिका माध्यमवाट सल्लाहकार बुढाथोकिको संयोजकत्वमा कार्यदल बनाएको र कार्य दलले सबैलाई मान्य हुने प्रस्ताव ल्याउनेमा आफु विश्वस्त रहेको बताउनु भयो । राप्ति समिति मुलुककै उत्कृष्ट र राम्रो समितिभित्र गनिन्छ ।
Views: 0