मुख्यमन्त्री पोखरेलकाे यस्ताे बाेलीले प्रदेश राजधानी बुटवल नै

२०७४ फाल्गुन २३, बुधबार १५:५४ गते २०७४ फाल्गुन २३, बुधबार १५:५४ गते २०७४ फाल्गुन २३, बुधबार १५:५४ गते

फागुन २३, दाङ ।

प्रदेश नम्बर ५ का  मुख्यमन्त्री शंकर पोखरेलले अहिले बुटवल नै प्रदेश अस्थायी राजधानी हुने बताएका छन् ।नेकपा एमाले दाङले बुधवार पार्टि कार्यालय भरतपुर घाेराहीमा आयोजना गरेको स्वागत तथा अभिनन्दन कार्यक्रममा वोल्दै मुख्यमन्त्रि पोखरेलले स्थायि मुकाम नतोकिदासम्म अस्थायि मुकाम बुटवलमा नै हुने बताएक हुन् । उनले जुन दिन प्रदेश सभाले स्थायि मुकाम तोक्छ, त्यसपछि मात्रै स्थायि मुकाममा स्थानान्तरण हुने बताएका हुन् ।पोखरेलले भने–‘राजधानि नभए पनि विकास हुन्छ भन्ने कुराको भावना जागृह गर्न आवश्यक रहेको छ, राजधानि मात्रले विकास हुदैन ।’

राजधानि वारे मुख खोल्दै एमाले स्थायी कमिटि सदस्य समेत रहेका पोखरेलले राजधानि नभए पनि विकास र समृद्धिको एजेण्डाहरुले आफुहरुले नछाड्ने बताए । एमाले जिल्ला अध्यक्ष टिकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा वोल्दै प्रमुख अतिथिसमेत रहेका पोखरेलले पार्टि एकताले छिट्टै ठोस रुप लिने बताए । उनले जनताको वहुदलीय जनवाद नै एकिकृत पार्टिको सिद्धान्त हुने भन्दै सकभर महाधिवेसन पुर्व नै यो कुरा टुंगिने र सम्भव नभएमा महाधिवेसनमा लैजाने बताए ।

उनले पार्टि एकता अहिलेको प्रमुख आवश्यक्ता भएको भन्दै एकतावाट कोही भाग्न नसक्ने समेत बताए ।पोख्रेलले कानुन निर्माणको कामलाई प्राथमिकतामा राखेको बताएका छन् । कानुन निर्माणले मात्रै प्रदेश र स्थानिय तहमा कामले गति लिने भन्दै मुख्य मन्त्री पोख्रेलले पहिले कानुन निर्माणमा लागेको बताएका हुन् । उनलेले मन्त्रीमण्डल विस्तार भन्दा कानुन निर्माणको काम ठूलो भएकाले कानुन आयोग गठन गरेर कानुन निर्माणलाई प्राथमिकतामा राखेको बताए ।

प्रदेशको काममा शुन्य तहबाट थालनि गर्नुपर्ने अबस्थामा रहेको र बलियो जग तयार गर्न केही समय लाग्ने उनको भनाई छ । कानुन निर्माण, मन्त्रालय व्यवस्थापन, सञ्चालन र योजना निर्माणको काम शुन्यबाट सुरु गर्नु पर्दा तत्काल नतिजा आउन नसक्ने भएकाले निरास नहुन नागरिकहरुलाई आग्रह गरे ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *