काठमाडौँ । धनगढी क्षेधत्र आसपासका ग्रामीण बस्तीका सडकको हालत आश्र्चय जनक छ । कालोपत्रे गर्न सडकमा गिटी बिच्छ्याइएको छ, सडक भरी रुखै रुख छन् ।
सडक विभाग र वन विभागबीच सहमति हुन नसक्दा यस्तो अवस्था सिर्जना भएको हो । सघन सडक अन्र्तगत धनगढी उपमहानगर क्षेत्रमा २२ किलोमिटर रिङरोडसहित ९२ किलोमिटर सठक निमार्ण भइरहेको छ ।
संघीइ आयोजना कार्यन्वयन इकाइ धनगढीका अनुसार निर्माणाधीन ९२ मध्ये ४२ किलोमिटर २सय ८४ ओटा साना ठुला रुख छन् र यसरी औसतमा हरेका किलोमिटरमा सडकभित्र ७ वटा रुख पर्दछन् ।
इकाइका प्रमुद सुरेशकुमार वाग्लेले वन कार्यालयले रुख कटानको अनुमति नदिँदा रुखवरिपरीको केहि ठाँउ छाडेर सडक कालोपत्रे गर्न लागेको बताएका छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0