नाबालक छोरा र छोरी छाडेर जापान गएकी सावित्री बाकसमा फर्कदै! सपना अधुरै !!

२०७५ माघ १०, बिहीबार ०९:३४ गते २०७५ माघ १०, बिहीबार ०९:३४ गते २०७५ माघ १०, बिहीबार ०९:३४ गते

जापान : जापानमा आगोले पोलेर घाईते भई अस्पतालमा उपचार गराइरहेको अबस्थामा एक नेपालीको निधन भएको छ । नेपालमा नुवाकोट घर भई हाल जापानको युकी बस्दै आएकी साबित्री रिमाल नेपालको चुकुबा अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
डिसेम्बर १० का दिन काम गर्ने ठाउँमा आगोले पोलेपछी उनलाई उपचारका लागी आकस्मिक रुपमा हेलिकप्टरमार्फत युनिभर्सिटी अफ चुकुबा हस्पिटलमा लगिएको थियो । हस्पिटलले लामो समय उपचारको प्रयास गरे पनि रिमालको अन्तत; जनवरी २१ तारिख सोमबार साँझ ८ः५१ बजे निधन भएको थियो ।

निधन भएकी रिमालले काम गर्ने ठाउँमा इन्धनबाट बल्ने हिटर ताप्दै काम गर्ने क्रममा एक्कासी कपडामा आगो सल्किन गई घटना हुन गएको जानकारीमा आएको छ । मृतक रिमालको बारेमा जानकारी लिन अस्पताल पुगेका गैर आवासीय नेपाली संघ जापानका तोचिगी संयोजक विकास वस्नेतका अनुसार मृतक रिमालले ज्वलनशिल पदार्थ अल्कोहलले सफा गर्ने काम गरिरहेका बेला आगोले पोलेको हो ।

आवासीय परिचय पत्र (रेसिडेन्स) नम्बर DU19139229EA भएकी बर्ष ३१ की मृतक रिमाल श्रीमानसहित युकीमा बस्दै आएको जानकारी आफुले पाएको संयोजक बस्नेतले बताएका छन् । मृतक रिमालका श्रीमान कम्पनी कर्मचारी भएको बुझिएको छ भने मृतकले पार्टटाइम काम गर्दै आएकी थिईन ।
आगोले पोलेर मृतक रिमालको ७० प्रतिसत भन्दा बढी भाग जलेको अस्पतालले स्रोतले बताएको थियो । आगोले पोलेको उपचार गराईरहेकी रिमालको किड्नी, फोक्सो र कलेजोले काम गर्न छाडेपछी उनको मृत्यु भएको अस्पतालले बताएको छ ।

२५ तारिखका दिन दाहसंस्कार गरिने
नाबालक छोरा र छोरी छाडेर जापान आएको केही दिनमै आगोले पोलेर घाईते भई उपचारको क्रममा निधन भएकी सावित्रीको आगामी २५ तारिखका दिन दाहसंस्कार गरिने भएको छ ।
जानकारी अनुसार दाहसंस्कार २५ तारिख बिहान ९ बजे गर्ने समय निर्धारण गरिएको छ । दाह संस्कार ईबाराकि केनको चिकुसाई सि सिमो कावासिमा ६५५-१ चिकुसाई कोउकि सिचोउसोन जेन जिमु कुमाईआई किमुसेईनमा हुने भएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *