एजेन्सी- ब्राजिलमा फोन चोर्न कोशिस गर्ने चोरलाई एक छात्राले राम्रै सजाय दिएको भिडियो सामाजिक संजालमा देखा परेको छ। छात्राले चोरलाई पक्राउ गरेर जमीनमा लडाएसँगै आफ्नो दुई खुट्टाले चोरको हातलाई अठ्याएको दृश्य भाडियोमा देख्न सकिन्छ।
छात्राले धेरै बलियो तरिकाबाट हात अठ्याएको हुँदा चोर पिंडामा छटपटाइरहेको दृश्य भिडियोमा देख्न सकिन्छ। आफ्नो हात छात्राबाट छुटाउन कोशिस गरिरहेको चोरलाई राम्रै सवक मिलेको हुन सक्छ।
यस भिडियो इन्टरनेटमा धेरै तेज तरिकाले भाइरल भैरहेको छ। चोरलाई छात्राले यस्तो सजाय दिएपछि सायद उक्त चोरले अब जीवनमा कसैको पनि फोन चोर्ने कोशिस गर्नेछैन।
प्राप्त जानकारी अनुसार उक्त छात्रा मार्शल आर्टको विद्यार्थी रहेको बुझिएको छ। अन्तराष्ट्रिय संचार माध्यमका अनुसार चोरलाई यस्तो सवक सिकाउने युवतीको नाम सबरीना रहेको छ। उनी २२ वर्षीय युवती रहेकी छिन्। यस भिडियो ब्राजिलको रहेको बुझिएको छ ।
सबरीना भन्छिन्,” मेरो घर बाहिरमा सडकमा उभिरहेको थिएँ। एक मोटरसाइलमा मेरो अगाडी आएर रोकियो। मोटरसाइकलमा दुई व्यक्ति सवार रहेका थिए। पछाडी बसेको एक व्यक्ति मोटरसाइकलबाट झरेर मेरो हातबाट थुतेर लाग्यो। तुरुन्तै मोटरसाइकलमा बसेर भाग्ने तयारीमा रहेको त्यस व्यक्तिलाई मैले तानेर जमिनमा लडाएँ। उनीहरुसँग कुनै पनि हतियार नभएको कारण उनीहरुलाई मैले यस्तो सजाय दिएँ।”
सामाजिक संजालमा छात्राले देखाएको बहादुरीको प्रसंशा भएको देख्न सकिन्छ। छात्राको सपोर्टमा धेरै कमेन्टहरु दिनेको संख्या धेरै देख्न सकिन्छ।
Views: 0