नेपालमै भयो यस्तो अपत्यारिलो घटना: सार्वजनिक बसमा हस्तमैथुन गरेर कसले झार्यो महिलाको कपालमा वीर्य ?

२०७५ माघ ११, शुक्रबार १४:२५ गते २०७५ माघ ११, शुक्रबार १४:२५ गते २०७५ माघ ११, शुक्रबार १४:२५ गते

काठमाडौं, ११ माघ । नेपालमा महिलामाथि कुनै न कुनै रुपमा हिंसाको सिकार हुँदै आइरहेका छन् । हालै मात्र सामाजिक सञ्जाल दुई मिनेट २० सेकेण्डको एक भिडियोका कारण तातिरहेको छ । मानिसहरुले यस कार्यलाई निकै आक्रमक रुपमा विरोध गरिरहेका छन् । ललितपुरको डल्लु–लगनखेल रुपमा चल्ने सार्वजनिक यातायातभित्र हस्तमैथुन गरेर एक युवकले अगाडि सिटमा बस्ने युवतीको कपालमा वीर्य स्खलन गरेका छन् ।

उक्त भिडियोअनुसार एउटा बिसाइरहेको खाली बसमा एक जना महिला चढ्छिन् अनि उनकै पछिपछि अर्को एक पुरुष पनि चढ्छन् तर अगाडिको सिट खाली हुँदाहुँदै ति पुरुष आफूभन्दा अगाडि चढेकी महिलाको पछाडि गएर बस्छन् अनिहस्तमैथुन गर्दै युवतीको कपालमा वीर्य स्खलन गर्छन् तर ति युवतीले त्यो घिनलाग्दो कर्तुत अझसम्म थाहा पाउँदिनन् । हिंसात्मक मानसिकता भएको पुरुषले लगातार उक्त भिडियो महिलाको कपाललाई लक्षित गर्दै खिचिरहेको देख्न सकिन्छ । भिडियोमा ‘यो गाडी उताबाट जान्छ नि’, ‘हिँड्नै मन लागेको छैन । अघि त डल्लु पुलबाट गाडी चढेको’, ‘यो गाडी टेकु जान्छ है रु’ भनेको आवाज सुनिन्छ ।

गाडी चलेको हुँदैन । भिडियोमा केटाको अनुहार देखिएको हुँदैन तर ज्याकेट र खैरो ट्राउजरमा चप्पल लगाएको देखिन्छ । महिलामाथि घिनलाग्दो हिंसा गरेका ति पुरुषले आफैंले उक्त भिडियो अपलोड गरेको आशंका गरिएको छ । पूर्व मिस नेपाल माल्भिका सुब्बाले उक्त घटनाको जति निन्दा गरे पनि कम हुने भन्दै चर्को आलोचना गरेकी छन् । उनले यो घटनाले आफ्नो रगत तताएको बताएकी छन् ।

उनले बिहिबार आफ्नो आधिकारिक फेसबुकमा लेखेकी छिन्, ‘पुरुषले सार्वजनिक स्थलमा हस्तमैथुन गरेको भिडियो आफैंले खिचेर प्रतिष्ठाको रुपमा पोष्ट गरेको घटना साँचो हो रु मैले यो भिडियो त हेरेकी छैन तर यसबारे समाचारहरु फैलिरहेका छन् । यस घटनाबारे मूलधार पत्रिकाले कुनै समाचार बनाएका छैनन् र घटनापछि कुनै रिपोर्ट गरिएको बारे पनि कुनै खबर आएका छैनन् । हामीले सार्वजनिक यातायात सुरक्षित बनाउनुपर्छ र महिलालाई लड्न सिकाउनुपर्छ । यस्तो घटनाबारे सुन्दा मेरो रगत तात्छ । ’

उनले अन्तिममा ३कतयऊबकतगचदगकष्लन भन्दै ह्यासट्याग पनि प्रयोग गरेकी छिन् । यो ह्यासट्यागको प्रयोग गरेर थुप्रैले उक्त घटनामा आपत्ति जनाएका छन् भने धेरैले निन्दासमेत गरेका छन् ।

अंग्रेजीमा ‘मास्टरब्यूज’ भनेको हस्तमैथुनद्वार गरिने यौनहिंसा र दुर्व्यवहार हो । उनको उक्त पोष्टमा दुई सय भन्दा बढी समर्थकहरुले विरोध जनाइरहेका छन् । महिलाले यस्तो गर्नै अपराधिलाई चाँडो पक्राउ गर्न भनेका छन् भने पुरुषहरुले भने यस्तो कार्यत्रबाट आफू पुरुष हुनुमा हिनताबोध भएको बताएका छन् । यता प्रहरीले पनि घटनापछि अपराधिको खोजी जारी राखेको छ । महानगरीय अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले अनुसन्धान सुरु भइसकेको बताए।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *