२० वर्षीया मोडेल मानसीले यौन प्रस्ताव अस्विकार गरेपछि, १९ वर्षीय फोटोग्राफरले गरे हत्या

२०७५ माघ ११, शुक्रबार १६:१५ गते २०७५ माघ ११, शुक्रबार १६:१५ गते २०७५ माघ ११, शुक्रबार १६:१५ गते

एजेन्सी । भारतको मुम्बइमा पर्ने अन्धेरीमा एक १९ बर्षीया मुजम्मिल सैय्यद नाम गरेका फोटोग्राफरले मोडेल मानसी दीक्षितको हत्या गरेका छन् । बंगुर नगर पुलिसले अनुसन्धानपछि दाबी गरेको फाइलमा निज फोटोग्राफरले २० वर्षीया मोडेल दीक्षितको फोटोसुट गरेका थिए ।

फोटोसुटको बदलामा युवकले मानसी सँग यौन प्रस्ताव राखे तर जब मानसीले यौन प्रस्ताव अस्विकार गरिन् ती युवकले उनको टाँउकोमा काठको स्टुलले प्रहार गरे । उनी वेहोस भएर ढलेकी थिइन् । त्यसपछि युवक आफैले मानसीको घाटीमा डोरी कसेको बताए । प्रहरीले दीक्षितको कपडाबाट वीर्य र स्वाब समेत फेला पारेको भारतीय सञ्चारमाध्यम ले जनाएको छ ।

पोस्ट मार्टमको रिर्पोटले दिक्षीतको यौनाङ्ग घर्षण भएको देखाएको थियो । ती युवकले मानसी मरेपछि सूटकेसमा पेक गरे र ट्याक्सी खोज्न लागे । ४ जना बोकी रहेको एक ट्याक्सीले उनको झोला भारी भएका कारण लैजान मानेन ।
त्यसपछि उनले दोस्रो ट्याक्सी समाते र एयरपोर्ट जाने भने । तर अलि अगाडि पुगेपछि भने मुम्बइकै मलाड स्थित माइन्डस्पेस भन्ने ठाँउतिर ट्याक्सी लैजान अनुरोध गरे । ट्याक्सीबाट हतार हतार आेर्लिदै त्यो सूटकेसलाई फुटपातमा फालेको देखेपछि सोही ट्याक्सी चालकले प्रहरीलाई खबर गरेका थिए ।

आरोपीलाई प्रहरीले अन्धेरीकै ओसिवारा अर्पाटमेन्टबाट प्रकाउ गरेको जनाइएको छ । घटना हुनुको एक दुई दिन अघि मात्रै मुजम्म हैद्राबादबाट मुम्बइ आएको दोषीका परिवारले बताए ।

गत बर्षको अक्टोबर १५मा मानसीको हत्या भएको थियो ।प्रहरीले हत्या भएकाे बेलामै मुजम्मिललार्इ गिरफ्तार गरेकाे िथयाे । त्यसपछि अन्त: आएर अनुसन्धानले दोषीलाई पुर्णरुपमा पहिचान गर्न सफल भएको हो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *