प्रहरीनै यौन व्यवसायमा : यस्तो अनौठो तरिका !

२०७५ माघ १२, शनिबार १६:४१ गते २०७५ माघ १२, शनिबार १६:४१ गते २०७५ माघ १२, शनिबार १६:४१ गते

काठमाडौं । पछिल्लो समय बाहिर खाजा घरको नाम राखी भित्र यौन व्यवसाय गर्ने होटल फस्टाउँदै गएको छ । राजधानीमा रहेका कतिपय होटलमा यस्तो धन्दा सञ्चालन हुने गरेको पाइएको छ । काठमाडौंको टोखा–९, गणेशस्थानमा कविता खाजाघरको नाममा यौनधन्दा पनि हुने गरेको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले पत्ता लगाएको छ । यो सँगै दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिशेष सूचनाको आधारमा माघ ७ गते उक्त खाजाघरमा छापा मार्दा युवतीहरुलाई दैनिक २० देखि २५ जना ग्राहकसँग समेत यौन सम्पर्क गर्न बाध्य बनाइएको प्रहरी अनुसन्धानमा खुल्न आएको छ । पक्राउ पर्नेहरुमा मनु छन्त्याल र राजु छन्त्याल भनिने राजु महर्जन रहेका छन् । सोही दिनदेखि फरार

रहेका राजु छन्त्याललाई विशेष सूचनाको आधारमा वृतबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसिरहेको अवस्थामा शुक्रबार पक्राउ गरेको हो । उनीहरुले युवतीहरुलाई खाजा घरमा काम दिने प्रलोभनमा पारी ग्राहकहरुसँग यौन सम्पर्क गर्न लगाएको, यौन सम्पर्क गर्न नमानेमा शारीरिक र मानसिक यातना दिने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

खाजा घर सञ्चालनको नाममा यौनधन्दा हुने गरेको पाइएको वृतका प्रमुख डीएसपी फणिन्द्र प्रसाईंले जानकारी दिए । ‘अपरिचित पुरुषहरुसँग बस्न र जान नमानेमा कुटपिट गरेर होटलमै बन्धक बनाएर राख्ने गरेको भेटिएको छ,’ प्रसाईंले भने । निजहरुले परिवर्तित नाम १६७ र परिवर्तित नाम १६७ (क) लाई निजहरुको ईच्छा मन्जुरी बिना दबाबमा पारी लामो समयदेखि जबरजस्ती यौनजन्य कार्यमा संलग्न गराइएको पाइएको छ ।उनीहरुलाई महाराजगन्ज प्रहरी वृत्तको हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *