यौन धन्दा चलाएको आरोपमा युवती र गेष्टहाउस सञ्चालक पक्राउ,

२०७५ माघ १३, आईतवार २१:१९ गते २०७५ माघ १३, आईतवार २१:१९ गते २०७५ माघ १३, आईतवार २१:१९ गते

नवलपरासी । नवलपरासीमा यौन धन्दा चलाएको आरोपमा गेष्टहाउस सञ्चालक पक्राउ परेका छन् । महिला कामदारलाई यौनधन्दामा लगाएको आरोपमा बर्दघाट नगरपालिका–१० ग्लोबल चोकको माउन्टेण्ट गेष्टहाउसका सञ्चालक किसन सापकोटालाई नवलपरासी प्रहरीले पक्राउ गरेको हो । बर्दघाट नगरपालिकाका गेष्ट हाउसमा छापा हान्दा सञ्चालकले नै कामदारलाई यौन्धन्दामा लगाएको पाइएको प्रहरीको दाबी छ ।

प्रहरीले छापा हान्दा गेष्टहाउसमा दुईजना महिला पनि आपत्तिजनक अवस्थामा पक्राउ परेका छन् ।
पक्राउ परेका महिलाहरुले गेष्टहाउस सञ्चालकले खाना पकाउन, भाडा माझ्ने काम गर्न भनेर ल्याएर जबरजस्ती यौनव्यवसायमा लाग्न बाध्य बनाएको बयान दिएको प्रहरीले जानकारी दिएको छ ।गेष्टहाउस सञ्चालकमाथि मानव वेचविखन तथा ओसारपसार मुद्दा दर्ता गरी कारबाही अघि बढाइएको बताइएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed