प्रविधि नहुँदा सन्दिग्ध विदेशीलाई नेपाल गन्तब्य सजिलो

२०७५ माघ १४, सोमबार ०९:१९ गते २०७५ माघ १४, सोमबार ०९:१९ गते २०७५ माघ १४, सोमबार ०९:१९ गते

काठमाडौं : अस्ट्रियाको नक्कली राहदानीमा नेपाल छिरेका एक इरानीको यात्रा रहस्यमय बनेको छ । इरानी नागरिकले नेपालमा सहजै अनअराइभल भिसा पाउँछन् । तर ती इरानी नक्कली राहदानीमा नेपाल छिरेका हुन्। इरानको राहदानीमा उनको नाम हसन जमानी छ । अस्ट्रियाको नक्कली राहदानीमा भने उनले लुकास स्मिदिनगेर नाम राखेका छन् ।

जमानी मात्र होइन, सन् २०१८ मा उनी जस्ता १७ जना इरानी जाली राहदानी र भिसामा नेपाल प्रवेश गरेका थिए । उनीहरू सबैलाई गृह मन्त्रालयले निष्कासन गरिसकेको छ । बायोमेट्रिक्ससहितको सफ्टवयेर प्रणाली नहुँदा सन्दिग्ध विदेशी जाली राहदानी र भिसामा सजिलै नेपाल आवतजावत गर्ने गरेका छन् ।

सरकारले अध्यागमनमा बायोमेट्रिक्ससहितको अमेरिकी सफ्टवयेर प्रणाली राख्ने निर्णय गरे पनि कार्यान्वयनमा आएको छैन। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री र कांग्रेस नेता विमलेन्द्र निधि गृहमन्त्री भएका बेला अध्यागमनमा त्यस्तो सफ्टवयेर राख्ने निर्णय भएको थियो। तर पछि सरकारले न सफ्टवयेर राख्यो, न आफैंले सफ्टवयेर बनायो। त्यसैको फाइदा उठाउँदै सन्दिग्ध व्यक्तिले बाक्लो ओहोरदोहोर गरिरहेका छन्। पछिल्लो पटक गृह मन्त्रालयले आफैंले बनाएर बायोमेट्रिक्स प्रणालीसहितको सफ्टवयेर अध्यागमनमा राख्ने तयारी गरेको छ। तर निर्माण प्रक्रिया भने सुरु भएको छैन।

अध्यागमनमा सफ्टवयेर प्रणाली नहुँदा गत साता इरानी नागरिक जमानी नक्कली राहदानीमा नेपाल छिरेका हुन् । त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयले जमानी फर्कने क्रममा माघ ७ मा पक्राउ गरेको हो । कमजोर प्रविधिको फाइदा उठाउँदै जाली राहदानी र भिसावाहक विदेशीहरू छिर्न सक्ने सम्भावना रहेको त्रिवि अध्यागमन कार्यालयका निमित्त प्रमुख गौलोचन सैंजुले बताए ।

विगतमा ‘ट्रान्जिट’ बनाउन इरानीहरू नेपाल आउने गरेका थिए। तर जमानीले आफू अन्य मुलुक जाने तयारीमा नरहेको बयान दिएका छन्। उनी कुन उद्देश्यका साथ नक्कली राहदानीमा नेपाल छिरेका हुन् भन्ने विषय रहस्यमय बनेको छ । दुइ दिनको नेपाल बसाइमा उनले कसैलाई भेटे-नभेटेकोबारे समेत केही खुलेको छैन। उनी अहिले अध्यागमन हिरासतमा छन्। बयानमा जमानीले आफू नेपाल घुम्न मात्र आएको भनेका छन्।

इरानको राहदानीमा नेपाल प्रवेश गर्न कठिन हुने सुनेकाले अस्ट्रियाको राहदानी खरिद गरेको उनको दाबी छ। जमानीले ५ सय अमेरिकी डलरमा अनलाइनमार्फत इरानमै अस्ट्रियाको राहदानी किनेको बताएका छन्।

स्रोत: अन्नपूर्ण

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *