यात्रुको शरीरबाट दुर्गन्ध आएपछि अमेरिकन एयरलाइन्सले जहाजबाट उतारे

२०७५ माघ १४, सोमबार १२:४२ गते २०७५ माघ १४, सोमबार १२:४२ गते २०७५ माघ १४, सोमबार १२:४२ गते

एक अमेरिकी एयरलाइन्समा मिशिगनबाट यात्रा गरिरहेका एक यहुदी जोडी र उनीहरूकी डेढ वर्षीय बच्चीलाई एयरलाइनका कर्मचारीले अचनाक प्लेनबाट बाहिर निकालिदिए।

कर्मचारिहरुले उनीहरुलाई फ्लाइटबाट बाहिर निकालेको कारण थाहा पाएपछि उनीहरु एकदमै रिसाए।

जानकारीको अनुसार योस्सी अडलर र उनकी पत्नी बुधबार आफ्नो घरबाट मियामिको यात्रा गरेका थिए। त्यही समय एक कर्मचारीले उनीहरुलाई तुरुन्त प्लेनबाट उत्रिन भने।

प्लेनबाट बाहिर आएपछि उनीहरुको शरीरबाट दुर्गन्ध आएको भन्ने गुनासो आएको कारण प्लेनबाट निकालेको थाहा पाए। यो सुनेपछि आफूलाई अपमान गरेको महसूस भएको र रिस पनि उठेको योस्सीले बताए।

एयरलाइन कम्पनीले धेरै यात्रुले गुनासो गरेपछि आफूँहरुले यो कदम उठाएको एक अमेरिकी अखबारलाई बताएको छ। ती तीन जनाको शरीरबाट अजीबको गन्ध आएको र यात्रा गर्न गाह्रो परेको अरु यात्रीले बताएका थिए।

एयरलाइन्स कम्पीनले ती तीन जनालाई होटलमा खाने, बस्ने सुबिधा उपलब्ध गराएको बताएको छ। आफूहरुलाई ती कपलको धर्मको बारेमा पनि थाहा नभएको कर्मचारीहरुले बताएका छन्।

उता योस्सीले एयरलाइन कम्पनीले दिएको खानाको कुप्पनले काम नगरेको र पैसा आफैले तिर्न परेको बताएका छन्। उनले यदी आफूहरुको शरीरबाट गन्ध आएको भए कर्मचारीले कपडा बदल्न पठाउनु पर्ने र उनिहरुले त्यसो नगरेको बताए।

यो घटनाको बारेमा फ्लाइटमा बसेका धेरे यात्रुहरुले ट्विट गरेका थिए। एयरलाइनले यो घटना थप जांच गर्ने बताएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *