फेरी टिप्पर आतंक ! टिप्परको ठक्करबाट बाटो काट्दै गरेकी बालिकाको घटनास्थलमै गयो ज्यान , स्थानीयले जलाए टिप्पर

२०७५ माघ १४, सोमबार १३:३२ गते २०७५ माघ १४, सोमबार १३:३२ गते २०७५ माघ १४, सोमबार १३:३२ गते

मोरङ – मोरङमा टिप्परको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

सुन्दर हरैंचा नगरपालिका ९ सिसौघारीमा बिहान विराटचौकबाट– विराटनगरतर्फ आउँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरले ठक्कर दिँदा एक बालिकाको ज्यान गएको हो ।

ज्यान जानेमा सुन्दरहरैंचा ९ की ११ वर्षीय बालिका लक्ष्मी ढकाल रहेकी छिन् ।प्रहरीका अनुसार बाटो काट्दै गरेकी बालिकालाई तीव्र गतिमा रहेको टिप्परले ठक्कर दिएको हो ।

ठक्करबाट उनको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनापछि स्थानीयबासिन्दाले सडकमा गुडिरहेका अन्य आधा दर्जन टिप्परमा पनि तोडफोड गरेका छन् ।

दुर्घटनामा परे लगत्तै स्थानीयले टिप्परमा आगो लगाएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामप्रसाद राईले जानकारी दिएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *