नेपालको पर्यटनमा अन्तर्राष्ट्रिय छबि भनेकै साहसिक गतिविधिमा हो – क्याप्टेन रामेश्वर थापा

२०७५ माघ १५, मंगलवार ०९:५४ गते २०७५ माघ १५, मंगलवार ०९:५४ गते २०७५ माघ १५, मंगलवार ०९:५४ गते
capt rameshwar thapa

काठमाडौं : हेलिकप्टर सोसाइटी अफ नेपालले ‘फेक रेस्क्यु’ मा हेलिकप्टर कम्पनीको संलग्नता नरहेको स्पष्ट पारेको छ। विपद् उद्धारका नाममा हुने कुनै पनि अनधिकृत क्रियाकलापमा हेलिकप्टरको संलग्नता नरहेको र विपद्को समयमा उद्धार मात्रै गर्ने गरेको विषयलाई नकारात्मक रूपले राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रचार गरेको सोसाइटीले बताएको छ। सोसाइटीले सोमबार पत्रकार सम्मेलन गरी यथार्थ प्रस्ट पारेको हो।

capt rameshwar thapa

सोसाइटीका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले भने, ‘नेपालको पर्यटनमा अन्तर्राष्ट्रिय छबि भनेकै साहसिक गतिविधिमा हो। पछिल्लो समय फेक रेस्क्युका नाममा हेलिकप्टर कम्पनीलाई जोडेर गरिएको नकारात्मक विषयले पर्यटन क्षेत्रमा असर परेको छ।’ हेलिकप्टर कम्पनीको पहिलो प्राथमिकता जोखिम लिएर भए पनि मानव उद्धार गर्नु हो। कुनै पनि दुर्घटना तथा आपतकालीन उद्दारमा हेलिको आवश्यकता हुँदा तुरुन्तै पुग्ने र सेवा दिने काम हेलिकप्टर कम्पनीले गरिरहेका छन्। ‘नेपाली हेलिकप्टरले राम्रो गरेकै कारण पछिल्लो समय भुटान, बर्मा तथा तिब्बतबाट पनि उद्धारका लागि अनुरोध आइरहेको छ। हामीले दिने भनेको मानव जीवन बचाउँने सेवा नै हो’, क्याप्टेन थापाले भने। ‘हेलिकप्टर कम्पनीले पाउनेभन्दा बढी रकम एजेन्टले लिने र उसैले असुलेको अधिक शुल्क हेलिकप्टरको नाममा जोडिएको छ’, थापाले भने।

capt rameshwar thapa

अधिक शुल्क अशुलीबाट जोगिन सेवाग्राहीले हेलिकप्टर कम्पनीसँग सीधै सम्पर्क गरेर सेवा लिन पनि उनले आग्रह गरे। उनले भने, ‘हामी निजी क्षेत्रका १० वटा हेलिकप्टर कम्पनी सीधै गुनासोरहित ढंगबाट सेवा दिन चाहन्छौं, यसका लागि जुनसुकै प्रकारको सेवा कुनै पनि हेलिकप्टर कम्पनीबाट लिन सक्ने व्यवस्था गरिएको छ।’ एजेन्टले कति पैसा लिन्छ, कतिको बिल बनाउँछ र कस्तो खालको उद्धार गराउँछ भन्ने विषय कम्पनीसम्म आइपुग्दैन। हेलिकप्टर कम्पनीलाई एजेन्सीबाट चार्टर वा उद्धार उडानको आग्रह आउँछ सोहीअनुसार कम्पनीले एजेन्टमार्फत आएको निश्चित शुल्कका आधारमा उडान गर्ने गरेको पनि होलिकप्टर सोसाइटीको भनाइ छ।

घरखेत राखेर हेलिकप्टर व्यवसायमा लागेका व्यवसायी आफू यो क्षेत्रमा टिक्न धमाधम थप घरखेत बेच्नुपर्ने अवस्थामा छन्। तर, बिना लगानीका एजेन्टले भने घरखेत जोडिरहेको भनाइ सोसाइटीको छ। यसैका कारण पनि हेलिकप्टर कम्पनीबाट सीधै प्रतिस्पर्धी बजारका आधारमा सेवा लिन सोसाइटीले आग्रह गरेको छ।

‘पछिल्लो एक सातादेखि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकलाई बिरामी बनाएर रकम अशुली गर्ने विषयमा हेलिकप्टरलाई जोडेर नकारात्मक प्रचार भइरहेको छ’, सोसाइटीका महासविच योगराज कँडेल शर्माले भने। उनका अनुसार ‘फेक रेस्क्यु’को विषय ट्रेकिङ एजेन्सी, हेलिकप्टर अपरेटर र अस्पताल सञ्चालकको मिलेमतो हुन्छ भन्ने खबर अन्तर्राष्ट्रिय मिडियामा आइरहेको छ। यसमा कुनै सत्यता नभएको उनले जानकारी दिए।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले तोकेको शर्तअनुसार हेलिकप्टरले उडान गर्ने गरेका छन्। पर्यटकको स्वास्थ समस्या तथा अन्य विपदको उद्धारका नाममा हुने गरेका कुनै पनि अनधिकृत क्रियाकलापमा हेलिकप्टरको संलग्नता नै नभएको सोसाइटीको भनाइ छ। बिमा कम्पनीले हेलिकप्टर अपरेटरलाई सीधै उडान नदिने र एजेन्टमार्फत हुने गतिविधिमा अवान्छनीय आरोप लागेको बुझाइ सोसाइटीको छ।

capt rameshwar thapa

नेपालमा हुने पर्यटक उद्धार उडानमा सरकारले छानबिन कार्यदल बनाएर प्रतिवेदनसमेत सार्वजनिक गरेको छ। सोही प्रतिवेदनपछि पर्यटक उद्धारलाई थप व्यवस्थित बनाउन सरकारले ‘पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमनसम्बन्धी कार्यविधि २०७५’ बनाएर लागूसमेत गरिसकेको छ। कार्यविधिले हेलिकप्टरको भूमिका कहाँ र कति भन्ने विषयमामसेत स्पष्ट पारेकाले यसको विपरीत कुनै गतिविधि नहुँदा पनि एजेन्टले लिने शुल्कका आधारमा हेलिकप्टरको सेवा र सुविधामा उठेको नकारात्मक प्रश्न भ्रामक मात्रै भएको भनाइ पनि सोसाइटीका महासचिव शर्माको छ।

स्रोत: अन्नपूर्ण

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *