काठमाडौं, १४ माघ । हृदयघात भएर नर्भिक अस्पताल भर्ना भएका पूर्वयुवराज पारसको एन्जियोप्लास्टी गरिएको छ ।
एन्जियोप्लास्टीमार्फत मुटुको भल्व खोल्न सफल भएपछि डाक्टरहरु आशावादी बनेका छन् । हृदयघात भएपछि पारस अस्पताल भर्ना भएका थिए ।
आफ्ना एक भतिजसँग दिउसो साढे चार बजे अस्पताल पुगेका उनलाई आईसीयूमा राखिएको थियो ।
एन्जियोप्लास्टीपछि आईसीयूबाट सीसीयूमा सारिएको छ । तर उनको स्वास्थ्य अवस्था खतरामुक्त भने नरहेको चिकित्सकहरुले बताएका छन् ।
शाहलाई नर्भिक अस्पतालको इमर्जेन्सीमा राखेर मुटुरोग विशेषज्ञ डा यादवदेव भट्टको टोलीले उपचार गरिरहेको अस्पतालले बताएको छ ।
पहिलेबाटै मुटुरोगी पारसलाई हृदयघात भएको यो तेस्रो पटक हो । पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल भने अहिले सिमरामा छन् ।
फोनमार्फत उनीहरुले छोराको स्वास्थ्यबारे जानकारी लिइरहेको छन् । पारसकी पत्नी पूर्वयुवराज्ञी हिमानी भने थाइल्यान्डमा छिन् । पूर्व युवराज पारशको स्वास्थ्य अवस्थावारे हामीलाई जानकारी दिंदै अस्पतालका अधिकारीले यस्तो भनेका छन् ।
Views: 0