बमजन विवाद प्रकरण : सत्यतथ्य बाहिर आईहाल्छ (भिडियो सहित)

२०७५ माघ १५, मंगलवार १७:३४ गते २०७५ माघ १५, मंगलवार १७:३४ गते २०७५ माघ १५, मंगलवार १७:३४ गते

बाराको एकान्त बनमा एक ठूलो पीपलको बोट मुनि १६ वर्षको उमेरमा कठोर तपस्या गरेर ज्ञान प्राप्त गरेका रामबहादुर बमजन सन् २००५ मा एकाएक चर्चामा आए । सन् १९९० अप्रिल १० मा बाराको रतनपुरमा जन्मेका बमजम तपस्या गर्ने क्रममा बीचबीचमा हराउने र केही समयपछि फेला पर्ने क्रम चलिनै रह्यो।

१६ वर्षको उमेरमा कठोर तपस्या गर्न सुरु गरेका बमजन पहिलो पटक १० महिना लामो ध्यान बसेकै बेला अचानक हराएका थिए।हाल उनी सिन्धुलीको आश्रममा रहेका छन्। त्यस्तै उनको आश्रम सिन्धुली बाहेक बारा, सिन्धुपाल्चोक, लमजुङ र सर्लाही जिल्लामा समेत रहेको छ ।

सेतो बस्त्र लगाएर ध्यानमा बस्न सुरु गरेका बमजम हाल रातो लुगा लगाउने गर्छन । बाराको हलखोरिया जंगलमा ध्यानमा मग्न भएको बेला अचानक उनको शरीरमा आगो लागेपछि उनले सेतो बस्त्र छोडी रातो बस्त्र लाउन सुरु गरेका छन् ।

तराई तिनै बमजन अहिले विवादित छन् ।उनलाई आफ्ना महिला अनुयायीहरुको यौन शोषण गरेरको र केहीलाई वेपत्ता पारेको आरोप लागेको छ । यसै क्रममा भिजन नेपाल एचडीले सिन्धुली आश्रम पुगी तयार पारेको यो रिपोर्टले बमजन र उनको आश्रम तथा गतिविधिहरुको नयाँ खुलासा गरेको छ ।भिडियो –

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *