एसईइ परीक्षाको प्रश्न पत्र र उत्तर पुस्तिका छुट्टा–छुटै छापिने

२०७५ माघ १५, मंगलवार १८:३७ गते २०७५ माघ १५, मंगलवार १८:३७ गते २०७५ माघ १५, मंगलवार १८:३७ गते

काठमाडौं – अब एसईइ परीक्षाको प्रश्न पत्र र उत्तर पुस्तिका छुट्टा–छुटै छापिने भएको छ ।

यस वर्षको एसईइ परीक्षाको प्रश्न पत्र र उत्तर पुस्तिका छुट्टा–छुटै छापिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । एसईइ परीक्षा चैत १० गतेबाट सुरु हुने भनिएको छ ।

उक्त परीक्षाका लागि चाहिने उत्तरपुस्तिका छपाईको जिम्मेवारी प्रदेश सरकारलाई दिइएको बताइएको छ ।

त्यसैगरी परीक्षाको प्रश्न पत्र भने परीक्षा नियन्त्रण कार्यालयले छाप्ने बताइएको छ ।संघीय सरकारले उत्तरपुस्तिका छाप्ने रकम प्रदेश मातहतमा पठाएकोले उत्तरपुस्तिका प्रदेशले छाप्ने भएको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार प्रदेशलाई परीक्षा नियन्त्रण कार्यालयले पुरानै ढाचाँमा, त्यहि मापदण्डमा उत्तरपुस्तिका छाप्ने अनुमति दिएको जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *