घोराही, फागुन ३० ।
नेपालि काग्रेसका युवा नेता घोराही उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष रमेश पाण्डेको अगुवाईमा उक्त वडाभित्र रहेका विभिन्न सडकहरु फराकिलो गर्ने काम जारी रहेको छ ।
वडावासिले अत्यावश्यक कुरा दमकल र एम्वुलेन्सको सेवा पाउनुपर्ने आफ्नो मुख्य अभियान रहेको भन्दै वडा अध्यक्ष पाण्डेले आफ्नै अगुवाईमा विभिन्न अवरोध रहेका सडकहरु अहिले फराकिलो बनाउने अभीयान जारी राखेका छन् । यसैक्रममा घोराही १५ को नापी शाखाबाट पश्चिम जाने एकदमै साघुरो सडक फराकिलो पार्ने अभियानको नेतृत्व गरेका छन् । मोटरसाइकल, गाडि छिर्न नसक्ने उक्त सडक करीव २० वर्षदेखी विभिन्न अवरोधकाक्रममा फराकीलो बनाउन सकिएको थिएन् ।
विभिन्न मुद्धा मामिला झेल्दै उक्त सडक पाण्डेकै अगुवाई र टोल विकास संस्थाको साथमा सडक फराकिलो बनाईएको टोलवासि नारायण पौडेलले जानकारी दिनु भयो । सडक कालोपिच हुने र अहिले ७ मिटरको वाटो कायम गरेर सडक फराकिलो बनाउने कार्य चलिरहेको वडा अध्यक्ष पाण्डेको भनाई छ । विकास निर्माणका काममा सबै नागरीकको एकतावद्ध सहयोग आवश्यक रहेको भन्दै सडककै कारण भोलिका दिनमा कुनै पनि वडा वासिले अत्यावश्यक सेवा दमकल, एम्वुलेन्स सेवा पाउनवाट वञ्चित नहुन भन्ने आफ्नो मुल उदेश्य रहेको वडा अध्यक्ष पाण्डेले बताउनु भयो ।
Views: 0