दोलखा : जिल्लामा एकैसाथ आन्तरिक पर्यटकको चाप अत्याधिक बढेपछि होटल तथा लज खचाखच भएका छन् । सदरमुकाम चरिकोट तथा धार्मिक एवम् पर्यटकीय स्थल कालिञ्चोकको कुरीमा पर्यटकको चाप अत्यधिक बढेको हो ।
एकैपटक धेरै आन्तरिक पर्यटक भित्रिएपछि दोलखाका होटल तथा लज खचाखच छन् भने पर्यटकहरुको व्यवस्थापनमा समेत समस्या भएको छ ।
विशेषगरि शुक्रबार, शनिबार र विदाको दिन दोलखामा पर्यटकको चाप बढ्ने गरेको छ ।
धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपुर्ण रहेको दोलखा जिल्ला पर्यटकहरुको विशेष रोजाईमा पर्ने गरेकाले विदाको दिन तथा विशेष चाडपर्व मनाउन पर्यटकहरुको भिड लाग्ने गर्दछ ।
विशेषगरी जाडो मौसममा हिउँ खेल्नका लागि पनि पर्यटकहरु दोलखा आउने गरेका छन् । पर्यटकको चाप बढेका बेला कुरी र चरिकोटका होटल व्यवसायीले मनोमानी शुल्क लिने, गुणस्तरहिन खाना खुवाउने र भनेजस्तो सेवा नदिएको गुनासो पर्यटकहरुको छ ।
कालिञ्चोक भगवती नेपालको मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल दोलखा जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल हो। सदरमुकाम चरिकोटबाट करिव १५ किलो मिटर उत्तर कालिन्चोक गाविसमा अवस्थित यो मन्दिर ३८४२ मिटर को उचाईमा छ।
कालिन्चोक घुम्न आएका पर्यटकहरु हिउमा आफ्नै साधन लिएर आउने गरेपनि कुरी भन्दा धेरै तलसम्म मात्रै गाडी जाने गरेको छ । त्यसपछि २ घण्टाको पैदल हिडेर मात्र कुरी पुगिनेछ ।
अहिले बाटो भरि गाडीहरु पार्किंगमा राखेका छन् । पार्किंग गरेको गाडी हिउमा चिप्लिने भएकाले गाडीको टायरमा सिक्रीले बाधेर राख्ने गरेको छ । केहि दिन अघि मात्र एउटा गाडी हिउमा चिप्लेर भिरबाट खसेको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियो तल हेर्न सकिने छ ।
कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती रहेको छ। कालिञ्चोक डांडाबाट मनोरम रोलवालिङ हिम श्रृङ्खला र मनोरम प्राकृतिक दृष्यहरूको अवलोकन गर्न सकिन्छ।
जनैपुर्णीमा, दशैं, चैते दशैंमा भक्तजनको भिड लाग्ने गर्दछ। कालिञ्चोक चरीकोट देखि ६ घण्टाको पैदल दूरीमा छ। यो हिन्दूहरूको लागि एक प्रसिद्ध तीर्थ स्थल हो।
चरिकोटदेखि करिव १७ किलोमीटर दुरीमा रहेको कुरी बजार सम्म कच्ची मोटरबाटो बनेको छ। जुन बाटोमा जीप गाडी र मोटरसाइकल चलाउन सकिन्छ। सुख्खा याममा यदाकदा मिनीबस पनि चलाउन सकिन्छ। यद्यपि यस बाटोमा नियमित सार्वजनिक सवारी साधन उपलब्ध छैन।
कुरी बजार देखि उकालो करिव १ घण्टा पैदल यात्रा गरी कालिञ्चोक भगवती स्थानमा पुग्न सकिन्छ। तर हाल भने कुरी देखि मन्दिर सम्मको लागि केवलकार संचालनमा आएको छ । केवलकार संचालनसगै कालिन्चोकमा पर्यटकको झनै धेरै छाप बढेको छ ।
हेर्नुस भिडियो:
Views: 0