राप्ती गाउँपालिकामा परिक्षा केन्द्रहरुको अनुगमन

२०७४ चैत्र १, बिहीबार १४:०७ गते २०७४ चैत्र १, बिहीबार १४:०७ गते २०७४ चैत्र १, बिहीबार १४:०७ गते
?

ओमप्रकाश गुप्ता 
देउखुरी १ चैत । राप्ती गाउँपालिका भित्रका संस्थागत तथा सामुदायिक विद्यालयहरुमा कक्षा ८ को परिक्षा विहिवार देखी सुरु भएको छ । परिक्षालाई मर्यादित बनाउन राप्ती गाउँपालिका अध्यक्षको नेतृत्वमा राप्ती गाउँपालिका शिक्षा शाखाले अनुगमन गरेको छ । विद्यार्थी अनुशासित तरिकाले परिक्षा दिए नदिएको, परिक्षामा विद्यार्थीको सहभागीता, परिक्षाको वातावरण, प्रश्नपत्र,परिक्षा हल, विद्यार्थीको बसाई लगायतका विषयमा केन्द्रित रहेर अनुगमन गरिएको परिक्षा अनुगमन समितिका सचिव तथा राप्ती गाउँपालिका शिक्षा शाखा संयोजक राजेन्द्र घिमिरेले जानकारी दिएका छन् । राप्ती गाउँपालिका अन्तरगत संस्थागत तर्फ ८ तथा सामुदायिक तर्फ १३ विद्यालयका १ हजार २ सय २९ विद्यार्थी परिक्षामा सहभागी रहेको राप्ती गाउँपालिका शिक्षा शाखा उप संयोजक किरण पोख्रेलले बताएका छन् । अनुगमनको क्रममा राप्ती गाउँपालिकामा शिक्षक महासंघ लगायत शिक्षक प्रतिनिधिहरु सहितको टोली निर्माण गरी अनुगमन पनि गरिदै आएको परिक्षा अनुगमन समितिका सचिव तथा श्रोत ब्यत्ति घिमिरेले जानकारी दिएका छन् । गाउँपालिका अध्यक्षको नेतृत्वमा गएको अनुगमन टोलीले राष्ट्रिय मावि भालुवाङ, देउखुरी भ्याली सेकेन्डरी स्कुल भालुवाङ , नव प्रतिभा आधारभुत विद्यालय पाखापानी , मुनलाइट मावि लालमटिया , आदर्श नमुना मावि लालमटिया , पब्लिक एजुकेशन एकेडेमी लालमटिया , नवज्योती आधारभुत विद्यालय सिरिचौर मसुरीया, मावि मौरीघाट, शंकर मावि पिपरी र सर्वोदय मावि सिसहनियाँको अनुगमन गरेको हो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *