पुरानो सामाजिक मान्यतालाई चुनौती दिँदै बुबाको काजकिरिया गर्दै तीन छोरी

२०७५ माघ १७, बिहीबार २१:३५ गते २०७५ माघ १७, बिहीबार २१:३५ गते २०७५ माघ १७, बिहीबार २१:३५ गते

सुरुङ्गा – हिन्दूसंस्कार अनुसार कुनै व्यक्तिको मृत्यु भएमा छोराले काजकिरिया गर्ने चलन छ । छोरा नभए दाजुभाइ वा दाजुभाइका छोराले दशगात्र कर्म गर्ने चलन छ । समयअनुसार समाजको सोच र परम्परा पनि बदलिँदैछ । छोरा नहुने आमाबुबा मृत्युपछि स्वर्ग पुग्दैनन् भन्ने सोचलाई अहिले छोरीले तोड्न थालेका छन् ।

पुरानो मान्यता तोड्दै झापाको बिर्तामोड नगरपालिका–२ का देवि घिमिरेको निधनपछि उहाँका तीन छोरी यतिबेला दशगात्र कर्ममा हुनुहुन्छ । साविक गरामनी गाविसको अध्यक्षसमेत रहनुभएका ६२ वर्षीय घिमिरेको गत माघ १० गते निमोनियाका कारण काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचारकै क्रममा निधन भएपछि उहाँको दशगात्र काजकिरिया तीन छोरी विञ्जु घिमिरे (लुइँटेल), इञ्जु घिमिरे (प्रसार्इं) र सञ्जु घिमिरे (सङ्ग्रौला) ले गरिरहनुभएको छ ।

आमा चन्द्रकला घिमिरेसहित उहाँहरुले निसङ्कोच बुबाको दशगात्र कर्म कोरो ढिकुरो गरेर नै बसिरहनुभएको छ । “छोरी पनि तीनै बुबाआमाका सन्तान हुन्, उनीहरुमा पनि उही रगत छ, शास्त्रमा जेलेखिएको भए पनि त्यसलाई तोड्दै शहीद परिवार घिमिरेका छोरीले बुबाको काजकिरिया गरेर समाजमा उदाहरण प्रस्तुत गरेका छन्,” विर्तामोड नगरपालिका–२ का वडाध्यक्ष नगेन्द्र सङ्ग्रौलाले भन्नुभयो ।

नेकपा विर्तामोडका नगरअध्यक्ष ज्ञानुराम प्रसार्इंले पहिला अनिवार्य छोरा जन्माउनै पर्ने, उसैले मात्र आमाबुबाको काजकिरिया गर्नुपर्ने बाध्यात्मक अवस्था रहे पनि अहिले त्यो हटेर गएको बताउनुभयो । बुबाको दशगात्र काजकिरिया गरेर बसिरहनुभएकी माइली छोरी इञ्जुले बाबुको चाहनाअनुसार नै आफूहरुले बुबाको काजकिरिया गरिरहेको बताउनुभयो । आफूहरुले कुनै नौलो काम नगरेको उहाँको भनाइ छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *