काठमाडौं, १७ माघ । अहिले सामाजिक सञ्जालमा भाइरल भएका कृष्ण ओली जव नेपाली फिल्म रणविर हेर्न फिल्म हलमा पुगे तब त्यहाँको अवस्था सम्हाली नसक्नु भयो ।
दुई खुट्टा र एक हात गुमाएका कृष्ण र उनकी पत्नी बिचको प्रेमका कारण अहिले यो जोडी भाइरल छ । विवाह गरेको केही दिनमा नै हात र खुट्टा गुमाएका किष्णलाई उनकी पत्नीले साथ दिइरहेकी छन् । अहिले उनका लागि देश विदेशवाट सहयोग रकम उठेको छ ।
सामाजिक सञ्जालमा उनका कथा सार्वजनिक भएपछि यो जोडी अहिले भाइरल भएको छ । उनी विहिवार फिल्म हलमा पुग्दा उनका बारेमा सामाजिक सञ्जालमा पढेका र देखेकाहरु निकै उत्सुक देखिन्थे । उनलाई हेर्न निकै ठूलो भिड जम्मा भएको थियो । त्यहाँको माहोल नै निकै बदलिएको थियो ।
सर्वसाधारण मात्र होइन कलाकारहरु पनि उनलाई हेर्न र भेट्न आतुर देखिन्थे । अन्य फिल्मी कलाकार भन्दा पनि बढी मिडियाका क्यामेरा उनीतिर तेर्सिएका थिए ।
Views: 0