मोदीले भाषण गर्दा पत्रकार बेहोस

२०७५ माघ १८, शुक्रबार ०६:१२ गते २०७५ माघ १८, शुक्रबार ०६:१२ गते २०७५ माघ १८, शुक्रबार ०६:१२ गते

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले आफ्नो गृहप्रदेश गुजरातको भ्रमणमा छन् । चुनावलाई लक्ष्य गरेर उनले आफ्नो पकड बनाउन गृहप्रदेशमा कार्यक्रममा सहभागी भइरहेका छन् । उनले बुधबार गुजरातको सुरतमा नयाँ टर्मिनल भवनको उद्घाटन गरेका छन् ।

टर्मिनल भवन उद्घाटनका क्रममा मोदीले भाषण दिइरहँदा एउटा टेलिभिजनका क्यामेरापर्शन (पत्रकार) बेहोस भएर मोदीकै अगाडी लडे । उनले मोदीको भाषण क्यामेरामा खिचिरहेका थिए । मोदीले नै देख्नेगरी वेहास भएर लडेपछि मोदीले केहीबेर आफ्नो भाषण रोकेर उनलाई अस्पताल लैजान अधिकारीहरुलाई भने ।

क्यामेरापर्शन किसन रामोलियालाई मोदीको निर्देशनमा अधिकारीहरुले एम्बुलेन्समा राखेर अस्पताल पुर्याए । अस्पतालमा उपचार पछि होसमा आएका उनले दिनभरी पानी पनि खान नपाएका कारण आफु बेहोस भएर लडेको बताएका छन् । मोदीको सुरक्षामा खटिएका सुरक्षाकर्मीले कार्यक्रम स्थलमा पिउने पानी पनि लैजान नदिएपछि आफुले पानी खान नपाएको उनको भनाई छ । बिहानैदेखि पानी थिएन, सुरक्षाकर्मीले कार्यक्रमस्थलमा पानी लान नदिएपछि तिर्खाले अफ्ठेरोमा परेको थिएँ, उनले भनेका छन्। ।

उनले आफू मोदीले देख्ने गरी मञ्चमा उभिएर भाषण खिचिरहेको अवस्थामा लडेको बताए । मोदीले नै किसनलाई अस्पताल लैजान निर्देशन दिएका थिए । मोदीले गुजरात यात्राका क्रममा बुधबार भारतमा ३० वर्षसम्म शासन गरेको कांग्रेसकै कारण विकास हुन नसकेको जिकिर गरे । चार वर्षअघि आफूहरुलाई बहुमत मिलेपछि भारतमा विकासले गति लिएको उनले दाबी गरे ।चार वर्षमा आफूले गरेजति काम कांग्रेस सरकारले २५ वर्षमा पनि गर्न नसकेको उनले बताए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *