गुप्ताङमा ब्राउन सुगर बोकेर यही स्कुटीमा कारोबार गर्ने महिला यसरी परिन् प्रहरी फन्दामा

२०७५ माघ २०, आईतवार २०:३२ गते २०७५ माघ २०, आईतवार २०:३२ गते २०७५ माघ २०, आईतवार २०:३२ गते

कैलाली, २० माघ । कैलालीको लम्की चुहा १ राजीपुरमा एक महिलाले गुप्ताङमा लुकाएको अवस्थामा ब्राउन सुगर फेला पारेको हो । गुप्ताङमा लुकाएर ब्राउन सुगर ओसार पसार गर्ने लम्की चुहा नगरपालिका वडा १ १ राजीपुर जंगल नजिकवाट ३४ वर्षीयाा तारा शाहीलाई प्रहरीले पक्राउ गरेको हो । उनीवाट प्रहरीले २३ ग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ ।

बिशेष सुचनाको अधारमा प्रहरीले तारा शाहीलाई खान तलासी गर्दा गुप्ताङ्गमा लुकाई राखेको अवस्थामा उक्त परिणाममा ब्राउन सुगर फेला पारेको हो ।

शाही संग रहेको से ७ प २५५९ नम्बरको स्कुटी तथा बिदेशी रुपैया समेत बरामद गरेको प्रहरीले जनाएको छ । शाही लामो समय देखि नै लागुऔषध ओसारपसारमा प्रत्यक्ष संलग्न रहेपनि प्रमाणको अभावमा पक्राउ गर्न नसकेको प्रहरीले जनाएको छ ।

सुराकीको आधारमा टीकापुरबाट पछयाउदै राजीपुरमा खानतलासी गर्दा यस क्षेत्रको अहिले सम्मकै ठुलो परिणाम लागुऔषध ब्राउन सुगर सहित शाहीलाई पक्राउ गर्न सफल भएको ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी नायव निरीक्षक सुरेन्द्र प्रसाद जोशीले बताए ।यस क्षेत्रमा लागुऔषध ओसार पसार तथा बेचबिखन गर्ने प्रमुख भुमिका शाहीको रहेकोसमेत उनले दाबि गरे ।

-light nepal

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *