हल। इङल्याण्डकी एक महिलाकी १ वर्षकी छोरीले अचानक उनको बायाँ स्तनबाट दूध पिउन बन्द गरिन् । महिलालाई सुरुमा त यो सामान्य लाग्यो तर जब उनले डाक्टरकहाँ गएर यसको जाँच गराइन् उनको होश उड्यो । जाँचमा थाहा भयो कि महिलाको बायाँ स्तनमा क्यान्सर भएको थियो । क्यान्सर सुरुवाती चरणमै थियो र समयमै उपचार गराएका कारण क्यान्सर पूरै ठिक भयो । अहिले महिला क्यान्सरमुक्त भइसकेकी छिन् । उनकी एक वर्षकी छोरीले आफ्नो ज्यान बचाइदिएकोमा उनी छोरीप्रति आभारी छिन् ।
इङल्याण्डको हल शहरमा बस्ने क्लेयर ग्रेनभिले पेशाले नर्स हुन् । ४० वर्षकी क्लेयरकी १ वर्षकी छोरी मटिल्डाले गएको अप्रिल महिनामा एक्कासी आमाको बायाँ स्तनबाट दूध पिउन बन्द गरेकी थिइन् । एउटा स्तनबाट मात्र दूध पिउन छोड्नु क्लेयरलाई केही अनौठो लाग्यो । त्यसपछि उनी डाक्टरकहाँ गइन् । डाक्टरले केही टेस्ट गराए जसबाट थाहा भयो कि महिला क्यान्सरपीडित छिन् । क्लेयरको बायाँ स्तनको निप्पलको ठिक पछाडि १० सेन्टिमिटरको ट्युमर भेटिएको थियो जसले क्यान्सरको रुप लिइसकेको थियो । यही समयमा थाहा भएपछि अपरेशन गरेर ट्युमर हटाइयो । साथमा किमोथेरापी र रेडियोथेरापीको माध्यमबाट उनी पूर्ण रुपमा ठिक भइन् ।
अहिले क्लेयर भन्छिन् शायद उनको जिन्दगीमा आएको खतरालाई उनकी छोरीले पहिल्यै आभास गरिसकेकी थिइन् । यही कारण उनले बायाँ स्तनबाट दूध पिउन बन्द गरेकी थिइन् । यदि मटिल्डाले यसो नगरेको भए यो गम्भीर रोगबारे समयमा थाहा हुने थिएन । यही जनवरीमा उनको उपचार सकियो र उनी पूर्ण रुपमा ठिक भइन् । उनी मटिल्डामा कुनै अलौकिक शक्ति भएको र उनले खतराको पूर्वाभास गर्न सक्ने ठान्छिन् । यद्यपि यो अलौकिक शक्ति उनीमा कहाँबाट आयो भन्ने विषयमा भने उनी केही भन्न सक्दिनन्
Views: 0