मध्यरातमा उठेर एक महिलाकी ७ महिने छोरी सधै रुने गर्थिन् । जसको कारण आमा निकै तनाव थिइन् । एकदिन उनले आफ्नो घरको सिसि टीभि क्यामेराको फुटेज जाँच गरिन् । जब उनले सिसिटिभीमा भएको भिडियो देखिन तब उनको होस् हवास नै उड्यो ।
भिडियोमा उनले आफ्नो घरमा काम गर्ने एक महिलाले ७ महिनाकी बच्चीलाई निर्ममतापुर्वक पिटीरहेकी थिइन् । बालिकालाई सोफामा पछारेर मुखमा टावेलले थिचिरहेकी थिइन् ।
त्यसपछि ती महिलाले आफ्नो बच्चालाई यसरी पिटेको खबर प्रहरीलाई गरेर पक्राउ गर्न आग्रह गरिन् तर प्रहरीले घटना खासै जटिल नभएको भन्दै पक्राउ गर्न अस्वीकार गरेको थियो ।
६ दिनको लागि काम गर्न राखेकी ती महिलालाई नेपाली रुपैयाँ ५० हजार नगद दिइएको थियो । प्रहरीलाई खबर गरेपछि महिलालाई घरमा काम गरेबापत दिएको रकम फिर्ता त लिइन् ।
तर बच्चाकी आमा यतिमा मात्र खुसी भने छैनन् । उनी आफ्नो नाबालिकाले पाएको यातना विरुद्ध मानसिक रुपमा भएको हानी भरपाइ गर्न कसैले नसक्ने बताएकी छिन् ।
Views: 0