नेपालमा भारतीय सेना बस्दा चुप हुनेले भेनेजुयलामा भएको अमेरिकी हस्तक्षेपबारे बोल्न सुहाउछ ?’ (भिडियो)

२०७५ माघ २१, सोमबार १२:०४ गते २०७५ माघ २१, सोमबार १२:०४ गते २०७५ माघ २१, सोमबार १२:०४ गते

काठमाडौँ: ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले अबको २ बर्षभित्र ग्रेटर नेपालको मुद्धा सफल हुनेमा ढुक्क रहन सम्पूर्ण नेपालीलाई आग्रह गरेका छन। ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सुगौली सन्धीमा गुमेको नेपाली जमिन फिर्ताको माग गर्दै हस्ताक्षर अभियान समेत थालेको छ।

हस्ताक्षर अभियानलाई लिएर भारतीय मिडियाले महत्वका साथ समाचार सम्प्रेषण गर्दा भारत सरकार सचेत हुनुको साथै ग्रेटर नेपालको मुद्धा व्यापक बनाउन सहयोग पुगेको हुनाले अध्यक्ष नेपालले भारतीय मिडियाप्रति आभारी रहेको समेत बताएका छन।

हालसालै भारतले मनाएको गणतन्त्र दिवस मनाएको बिषयमा बोल्दै मोर्चाले भारतको ७० औ गणतन्त्र दिवसका दिन सुगौली सन्धिपूर्वको जमिन फिर्ता माग्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले प्रेसविज्ञप्ति समेत जारी गरेको थियो। १९४७ अगस्त १५ यता विगत ७३ वर्षदेखि नेपालको करिब ६०००० वर्ग किलोमिटर जमिन कब्जा गरेर त्यहाँ गणतन्त्र दिवस मनाउनु प्रजातन्त्र , स्वतन्त्रता र मानव अधिकारको घोर अपमान हो भन्दै मोर्चाले बिज्ञप्ति निकालेको थियो। सिक्किम , दार्जिलिङ , कुमाउ , गढवालमा गणतन्त्र दिवस मनाउनु लज्जास्पद मात्र नभई भर्त्सनापूर्ण भएको अध्यक्ष नेपालले बताएका छन।

नेपालका कांग्रेस र कम्युनिष्ट पार्टी दुवै भारतमा जन्मेका हुन् भन्दै उनले राष्ट्रियताको मुद्दा नउठाउन नेपालका ९९% पार्टीहरु बचनबद्ध भएर बसेको उनले आरोप लगाएका छन। हालसालै भेनुजुयालामा अमेरिकी हस्तक्षेपको बिषयमा नेकपा अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले बिरोध जनाएकोमा बोल्दै अध्यक्ष नेपालले आफ्नो देशमा भारतीय सेना बस्दा चुप भएर बस्ने भारतपरस्त नीतिका कारण ग्रेटर नेपालको मुद्दा सरकारले उठाउन नसकेको स्पष्ट पारे। पुरा हेर्नुहोस भिडियोमा:

 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *