अनियमित महिनावारी बाट चिन्तित हुनुहुन्छ? नियमित गराउन यसो गर्नुहोस्

२०७५ माघ २१, सोमबार १२:४७ गते २०७५ माघ २१, सोमबार १२:४७ गते २०७५ माघ २१, सोमबार १२:४७ गते

अनियमित महिनावारीलाई चिकित्सकीय भाषामा ‘ओलिगोमेनोरिया’ भनिन्छ, जुन अधिकांश महिलाहरूका लागि साझा समस्या बन्दै आएको छ।तौलमा घटबढ, चिकित्सकीय समस्या, अस्वस्थ खानेबानी तथा जीवनशैलीजस्ता अनेकौँ कारणले गर्दा हुने अनियमित रजस्वलाले गर्दा महिलाहरूमा अनावश्यक तनाव उत्पन्न गराउन थाल्दछ।जोकोही महिलालाई पनि महिनावारीमा असन्तुलन हुन सक्छ ।

यस्तो अवस्थामा प्रायः महिला चिन्तित हुन्छन् । तर, सामान्य घरेलु उपायबाट पनि यसको समाधान गर्न सकिन्छ ।यसका लागि मुलाको बिउलाई पिसेर पानीसँग दैनिक आधा चम्चा खाँदा महिनावारी नियमित हुने गर्छ ।मुला, भटमास, मेथी, गाँजरको मिश्रणबाट जुस बनाई पिउँदा यस्तो समस्याबाट बच्न सकिन्छ ।गुँड र तिलको लड्डुको प्रयोग गर्दा पनि महिनावारीको अनियमिततालाई नियमिततामा ल्याउन सक्छ ।

महिनावारीमा विभिन्न समस्या आउँछ र एकाग्रता हुँदैन भने अनारको बोक्राको सहारा लिन सक्नुहुन्छ । यसका लागि बोक्रा सुकाई पिसेर पानीसँग एक चम्चा पिउनुपर्छ । यसले आराम पनि प्रदान गर्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *