काठमाडौँ । नेपालमा हाल चिरपरिचित नाम हो सुजन मार्फा तामाङ। केही दिन अघिसम्म प्रसारण भइरहेको भारतीय चर्चित डान्स रियालिटी शो ‘डान्स प्लस ४’ दास्रो स्थान हासिल गरि नेपाल फर्केका छन् ।
डान्स प्लस ४ भारतिय डान्स रियालिटि शोहरु मध्ये निकै नै चर्चित शो हो । डान्स प्लस ४ को शनिवार फानाली भएको थियो । डान्स प्लस सिजन ४ को धमाकेदार ग्राण्ड फिनाली पछि यसको उपाधि विजेताको घोषणा गरिएको थियो जसमा नेपालबाट गएका सुजन मार्फा तामाङ आफ्ना पार्टनर अछामका आँचल शर्मासँगै फस्ट रनरअप बन्न सफल भएका थिए ।
ग्राण्ड फिनालीमा टिम धर्मेशबाट बर्तिका झा, भि अनबिटेबल र टिम पुनितबाट चेतन सालुंखे र नेपालका सुजन मार्फा तामाङ र अछामकी आँचल शर्मा गरि जम्मा चार चारटिम भिडेका थिए । जसमा टिम पुनितबाट पुनेका चेतन सालुंखेले डान्स प्लस ४को ट्रफि उचालेका थिए भने ‘डान्स प्लस ४’ को फाइनलमा पुग्न सफल भएका थिए भने सुजन र आँचल फस्ट रनरअप, बर्तिका झा सेकेण्ड र भि अनबिटेबल थर्ड रनरअप भएका थिए ।
उनै सुजन हिजो नेपाल फर्केका छन् भने उनलाई राति नै त्रिभुवन विमानस्थलमा उनका आफन्त, शुभचिन्तक तथा मिडियाकर्मीहरुबाट भव्य स्वागत गरिएको थियो ।
हेर्नुस् भिडियो के भने उनले नेपाल फर्केर…
Views: 0