२० हजार नेपालीका लागि जापान जाने सुवर्ण अवसर ! १४ प्रकृतीका कामदार जाँदै

२०७५ माघ २१, सोमबार २०:०३ गते २०७५ माघ २१, सोमबार २०:०३ गते २०७५ माघ २१, सोमबार २०:०३ गते

काठमाडौं – सरकारले जापानी श्रम बजारमा नेपाली कामदार पठाउने अन्तिम तयारी शुरु गरेको छ । आगामी अप्रिलबाट विभिन्न १४ क्षेत्रका कामदार जापान पठाउने गरी तयारी भइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

केही समय अघि जापानले नेपालबाट कामदार लैजाने कानुनी बाटो खोलेपछि नेपाली कामदारलाई त्यसको प्रत्यक्ष फाइदा पुग्ने देखिएको हो । कामदारको संख्याका विषयमा निश्चित नभएपनि अधिक कामदारलाई जापान पठाउने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ ।

रोजगारको आर्कषक गन्तब्य मानिएको जापानले ९ मुलुकबाट ३ लाख ४५ हजार कामदार भित्र्याउने घोषणा गरेको थियो । दक्षिण एसीयाबाट नेपाललाई मात्र सुचीमा समाबेश गरेको जापानले १५ देखि २० हजार नेपाली कामदार लिने जनाएको छ ।

विभिन्न चरणमा दुबै देशका प्राविधिक टोलीले छलफल गरिसकेको भन्दै मन्त्रालयले अबको केही समयमै नेपाली कामदारलाई जापानको ढोका खुल्ला हुने जनाएको छ । सरकारीस्तरबाटै कामदार जापान पठाउने विषयमा नेपालले जी टु जीको प्रस्ताब अघि सारेको छ ।

प्राविधिक टोलीबीचको छलफल धेरै अघि बढीसकेको र अनौपचारिक छलफल पनि जारी रहेकाले अप्रिल अगावै कामदार पठाउने मन्त्रालयको तयारी छ । भाषा र आधारभुत तालिमको परिक्षण उतिर्ण गरेपछि नेपाली कामदारलाई जापान जाने बाटो खुल्ला हुनेछ ।

जापानले घरेलु कामदारसहित होटल, स्वास्थ्य, उत्पादन, कृषि, भौतिक निर्माण, औद्योगिक लगायतका क्षेत्रमा नेपालसँगै चीन, थाईल्यान्ड, भियतनाम, फिलिपिन्स, इन्डोनेशिया, म्यानमार, कम्बोडिया र मङ्गोलियाबाट कामदार लैजाने जनाएको छ । जापानको श्रम मन्त्रालयले गरेको सर्वेक्षणमा सन् २०३० भित्रमा ६४ लाखभन्दा बढी कामदारहरूको अभाव हुने देखिएको छ ।

घरेलु अर्थतन्त्रलाई खस्किन नदिन जापानले हरेक बर्ष त्यो अभाव परिपुर्तिका लागि वैदेशिक कामदार भित्र्याउने योजना सार्बजनिक गरेको हो । त्यो सूचीमा उसले नेपाललाई पहिलो पटक समावेश गर्दै प्रक्रिया अघि बढाएको हो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *