दोलखा को हनुमन्ते डाँडामा विश्वकै अग्लो हनुमानको मुर्ति स्थापना

२०७५ माघ २२, मंगलवार ०७:२७ गते २०७५ माघ २२, मंगलवार ०७:२७ गते २०७५ माघ २२, मंगलवार ०७:२७ गते

जिरी – दोलखा जिल्लाको जिरी नगरपालिकाको हनुमन्ते डाँडामा विश्वकै अग्लो हनुमानको मुर्ति स्थापना हुने भएको छ । जिरी नगरपालिका र बैतेश्वर गाउपलिका को संगम हनुमन्ते डाडामा हनुमानको मुर्ति राख्ने प्रक्रिया अघि बढेको छ।

उक्त मुर्ति स्थानीय सरकार र प्रदेश सांसद विशाल खड्का को पहलमा मुर्ति स्थापना गर्न लागेको हो। हनुमानको मुर्ति स्थापना र हनुमन्ते क्षेत्रलाई एकीकृत अध्ययनका लागि तिन वटा स्थानीय तहले चासो देखाएका छन् ।

हनुमन्ते पर्वत प्राकृतिक रुपमा मात्र नभई धार्मिक दृष्टिकोणले समेत निकै महत्वपूर्ण गन्तव्यको रुपमा रहेको छ । समुन्द्री सतहवाट करिव ३०५० मिटरको उचाइमा अवस्थित हनुमन्ते पवित्र हिन्दु धार्मिक ग्रन्थ रामायणका महत्वपूर्ण पात्र हनुमान (रामका सेवक तथा वलवानको उपनामले चित्रित गरिएको) को नामसंग जोडिएको अनुमान गर्न सकिन्छ ।

रामायणको युद्धमा लंकाका राजा रावणका भाई इन्द्रजितले प्रहार गरेको व्रम्हाअस्त्र रामका भाई लक्ष्मणलाई लागेपछि मृत्युशैयामा चिच्याईरहेका उनको उपचार संजिवनी वुटिको रसले मात्र गर्न सक्ने वैद्यहरुले वताए पछि हनुमान उक्त संजिवनी वुटि खोज्न हिमालय पर्वत तर्फ गएको रामायणमा उल्लेख गरिएको छ ।

हिमालय पर्वतमा उपचारका लागि चाहिने संविजनी वुटि चिन्न नसकेपछि उनले एउटा सिङ्गो पहाड नै वोकेर ल्याएको प्रशंग पनि उक्त ग्रन्थमा उल्लेख गरिएको छ । तथापी हिमालाय श्रृङखलाको कुन क्षेत्रवाट उक्त पहाड ल्याएको भन्ने वारेमा अर्थात उक्त पहाडको नामको वारेमा भने न त रामायणमा नै उल्लेख गरिएको छ न त अन्य कुनै प्राचिन ग्रन्थहरुमा ।

केहि भारतीय पुस्तक, पत्रपत्रिका र वेभसाइटहरुमा उक्त संजिवनी वुटि भएको पर्वतको नाम गन्धमर्दन पर्वत भनि प्रस्तुत गरिएको छ जुन दक्षिणी भारतको उडिसा राज्यको वालङगर र भारग्रा जिल्लामा पर्दछ । तर तिनै पुस्तक, पत्रपत्रिका र वेभसाइटहरुले उक्त गन्धमर्दन पहाड हनुमानले हिमालयवाट त्याएर उक्त स्थानमा स्थानतरण गरेको खुलासा गरेका छन् ।

भारत कै केहि ईतिहासकारहरुले भने हनुमानले लक्ष्मणको उपचारका लागि हिमालयवाट संजिवनी वुटि यूक्त पर्वत ल्याउने क्रममा उक्त पर्वतको केही भाग हालको गन्धमर्दन पर्वत रहेको स्थानमा खसेको र त्यसै आधारमा उक्त पर्वतलाईनै संजिवनी पर्वत भनिएको उल्लेख गरेका छन् । रामायणको पुरानो ग्रन्थमा समेत उक्त संजिवनी पाहाड हिमालय पर्वतवाट ल्याईएको भन्ने मात्र उल्लेख भएवाट यो प्रस्ट हुन्छ की हनुमानले लगेको उक्त पहाड हिमालयकै कुनै क्षेत्रवाट लगिएको थियो ।

हिमालयको भौगोलिक वर्गिकरण अनुसार चुरे पहाड भन्दा माथिको भागलाई हिमालय भनिन्छ । भित्री मधेश ( चुरे पर्वत र महाभारत पर्वत विचको भुभाग), दुन भ्याली र मिडल्याण्ड (महाभारत पर्वत माथिको वसेको समथर भुभाग जस्तै नेपालको काठमाण्डौ, पोखरा, पाँचखाल आदि) वाहेक सामान्यतया समुन्द्री सतहवाट २१०० मिटर देखि ८८४८ मिटर सम्मको चुरे पर्वतको फेददेखि तिव्वतीयन पठार सम्मको उत्तर दक्षिण भुभाग र भुटान देखि अफ्गानिस्तान सम्मको २४०० किलोमिटर पूर्व पश्चिम क्षेत्र हिमालय भित्र पर्दछ ।

यस अर्थमा गन्धर्मदन पर्वत रहेको दक्षिणी भारतको उडिसा राज्य हिमालय भित्र पर्ने देखिदैन । त्यसैले यो भारतको मिथ्या प्रचार मात्र हो भन्न सकिन्छ । तथापी हनुमानले हिमालय वाट लगेको पर्वत उक्त स्थानमा राखेको कुरालाई भने सिधै नकारीहाल्न सकिदैन । हिमालय भित्र पर्ने अन्य देशहरु जस्तै भुटान, पाकिस्तान, अफगानिस्तान, चिन तथा भारतकै अन्य हिमाली प्रदेशहरुमा समेत हनुमानको नामसंग जोडिएको वा रामायणमा उल्लेख भएजस्तो संजिवनीयूक्त पहाड रहेको कुनै स्थान नभेटिएवाट ति देशहरुवाट लगेको होईन रहेछ भनि किटान गर्न सकिन्छ ।

नेपालको सन्दर्भमा दोलखा जिल्लाको हनुमन्ते भन्दा अन्य कुनै पहाड हनुमानको नाम वा प्रशंगसंग जोडिएको भेटिदैन । गुगल तथा विकिपेडिया मा खोजी गर्दा नेपालको दुई स्थानमा हनुमन्ते नाम भएको स्थान भेटिन्छ । एउटा दोलखा जिल्लाको जिरी गा.वि.स. र जुगुँ गा.वि.स. को साँधको रुपमा रहेको हनुमन्ते पर्वत र अर्को भक्तपुर जिल्लामा रहेको हनुमन्ते खोला ।

खोला र पहाड दुई फरक चिज भएकाले हनुमन्ते खोला हनुमानले वोकेको पहाड होईन भनि निक्र्योल गर्न सकिन्छ । तसर्थ यि विविध तथ्य र प्रमाणहरुका आधारमा हनुमानले वोकेको संजिवनी पर्वत ३०५० मिटर अग्लो प्रशस्त जडिवुटिहरुको भण्डार रहेको दोलखाको हनुमन्ते नै होला भन्न सक्ने प्रशस्त आधारहरु छन् । तथापी यसका सम्वन्धमा थप अध्ययन अनुसन्धान गर्न भने जरुरी छ । हनुमानले हिमालयवाट लगेको संजिवनी पहाड हनुमन्ते नै हो भन्ने प्रमाणहरु यस पहाड संग जोडिएका किवंदन्ती तथा यस क्षेत्रमा रहेका प्राचिन पुरातात्विक प्रमाणहरुले अझ मजवुद वनाएका छन् ।

हनुमन्ते वरीपरि रहेका गुफा तथा पहराहरुमा रहेको अनेकौं आकृति तथा चिन्हहरु जस्तै हनुमानको हातको पञ्जाको छाप, खुट्टाको पञ्जाको छाप आदिले हनुमन्तेको केहि नै केहि सम्वन्ध हनुमानसंग रहेको वताईरहेको अनुमान गर्न सकिन्छ । हनुमानको सताव्दी औं पुरानो प्राचिन मुर्ति मल्लकालिन समयमा नै हनुमन्तेवाट हराएपछि त्यस ठाँउमा हनुमानको नयाँ प्रतिमा स्थापना गरिएको थियो ।

उक्त नयाँ प्रतिमा समेत ५०० वर्षभन्दा पुरानो रहेको अनुमान गरिएको छ । करिव २०० मिटर अग्लो डरलाग्दो पहराको विचवाट निकै जोखिम मोलेर पूर्णकदको हनुमानको प्राचिन मुर्ति मल्लकालिन समयमा नै हराउनु, हनुमन्तेको पहरामा रहेको हनुमानको शरिर अंकित चिन्ह उक्त स्थानवाट उप्काएर लानु (हाल उक्त स्थानमा धारिलो वस्तुले चट्टान काटिएको दाग मात्र देख्न सकिन्छ) आदिले यो क्षेत्र परापूर्वकालदेखि नै निकै महत्वको स्थान रहेको अनुमान गर्न सकिन्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *