आजदेखि देशैभरका रेष्टुरेन्ट बन्द हुने: यस्तो छ कारण

२०७५ माघ २२, मंगलवार १२:२५ गते २०७५ माघ २२, मंगलवार १२:२५ गते २०७५ माघ २२, मंगलवार १२:२५ गते

काठमाडौँ, २२ माघ , रेष्टुरेन्ट तथा बार एसोसिएशन अफ् नेपाल रेबानले उपभोक्ताबाट लिँदै आएको १० प्रतिशत सेवा शुल्क खारेज गर्ने निर्णयको विरोधमा आजदेखि देशैभरका रेष्टुरेन्ट बन्द हुने भएका छन् ।‘२०६३ सालदेखि चल्दै आए को १० प्रतिशत सेवा शुल्क अहिले बिनाकारण षड्यन्त्रपूर्वक तरिकाले हटाएर मजदुरमाथि अन्याय गरिएको छ, यसको बदलामा देशभरका रेष्टुरेन्ट तथा बार बन्द गर्नेछौँ’, अखिल नेपाल होटल तथा क्यासिनो मजदुर संघका महासचिव मुक्ति दाहालले जानकारी दिनुभयो ।

अखिल नेपाल होटल तथा क्यासिनो मजदुर संघले गरेको १० प्रतिशत सेवा शुल्क हटाउने निर्णयको विरोधमा देशैभरका रेष्टुरेन्ट तथा बार बन्द गर्ने घोषणा गरेको हो । रेबानले आफूहरुसँग छलफल नै नगरी यो निर्णय गर्नु आपत्तीजनक रहेको र मजदुरमाथिको थिचोमिचो भएकोपनि अखिल नेपाल होटल तथा क्यासिनो मजदुर संघले जनाएको छ । अदालतको आदेश र श्रम ऐन तथा नियमावलीविपरीत रेबानले १० प्रतिशत सेवा शुल्क कटौती गरेको मजदुर संगठनको आरोप रहेको छ ।

sidhaonlinekhabar  बाट

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *