दाङका १६ जना पत्रकारद्धारा प्रेस सोसाईटी परित्याग

२०७४ चैत्र १३, मंगलवार १५:०८ गते २०७४ चैत्र १३, मंगलवार १५:०८ गते २०७४ चैत्र १३, मंगलवार १५:०८ गते

ओमप्रकाश गुप्ता
देउखुरी १३ चैत । नयाँ शक्ति पार्टी निकट प्रेस सोसाईटी नेपालका तीन केन्द्रीय सदस्य सहित १५ जना पत्रकारहरुले संगठन परित्याग गरेको घोषणा गरेका छन् । मूल नेतृत्वमा अकर्मयता र परम्परावादी कार्यशैली देखा परेको र त्यसवाट समाजका वर्तमान अन्तर्बिरोध र समस्याहरु हल हुन नसक्ने भन्दै उनीहरुले संयुक्त विज्ञप्ती जारी गरेर संगठन परित्यागको घोषणा गरेका हुन् । सरकारले पत्रकार र पेशाकार्मीलाई हेर्ने दृष्टिकोण नबदलिएको, जनताको प्रेस अविव्यक्ति तथा विचार स्वतन्त्रताको अधिकार चुनौतिपूर्ण अवस्थामा रहेको भन्दै सोसाईटीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला संयोजक सन्तोषकुमार गुप्ताको नेतृत्वमा उनीहरुले संगठन परित्यागको घोषणा गरेका हुन् । संगठन परित्याग गर्नेहरुमा प्रेस सोसाईटीकै केन्द्रिय सदस्य बिदुर एमसी, दिपक वली, नयाँ शक्ति पार्टी नेपालका प्रदेश कमिटी सदस्य बसन्तकुमार चौधरी, संगठनका जिल्ला सदस्यहरु जुना आचार्य, पम्फा गौचन, केपी भण्डारी, सन्तोष थापा, फुलमति चौधरी रहेका छन् । त्यस्तै रवि खत्री, कल्पना परियार, रामप्रसाद चौधरी, विनिता चौधरी, अंगुरा एमसी, र अर्चना महतराले पनि संगठन परित्यागको घोषणा गरेका हुन् । दाङ जिल्लाका विभिन्न स्थानमा रहेर पत्रकारिता गर्दै आएका उनीहरुले प्रेस सोसाईटी नेपाल र त्यसले राजनीतिक आस्था राख्ने नयाँ शक्ति पार्टी नेपाल रुपमा नयाँ भएपनि सारमा पुरानै कार्यशैलीको पार्टी संगठन रहेको वताएका छन् ।
विज्ञप्तीमा भनिएको छ– ’शुसासन, समृद्धि र आर्थिक क्रान्तिपूर्व राज्यसत्तामा वास्तविक लोकतान्त्रिकरण र जनताका अधिकारको सुनिश्चित हुने ज्ञारेन्टी गरिनु जरुरी थियो । यद्यपी, पछिल्लो समय यता त्यो भन्दा निकै फरक र वेग्लै परिस्थिति देखिएको छ । पेशाकर्मी तथा पत्रकारहरुमाथि राज्यले गरेको दमन, नागरिकको अविव्यक्ति स्वतन्त्रतामाथि गरेको निरंकुश प्रदर्शनले हामीलाई गम्भिर बनाएको छ । राज्यको पछिल्लो कदमले मुलुकमा वास्तवमा लोकतन्त्र आएको छैन भन्ने अनुभुत हुन थालेको छ । जनताका आधारभूत अधिकारहरु नै कुण्ठित गरिएपछि आर्थिक समृद्धिको कुरा गर्नु व्यर्थ हुन्छ । यो अवस्था मुलुकमा प्रगति र राष्ट्रिय स्वाभिमान सहितको समृद्धि चाहने जुनसुकै पार्टी, संगठन र पेसागत संघसंस्थाको लागि पनि चुनौतिको विषय हो ।’आगामी दिनमा क्रान्तिकारी पत्रकार संगठनमा गोलवन्द हुने घोषणा गर्दै विज्ञप्तीमा भनिएको छ, उल्लिखित विद्यमान पेशागत समस्याहरु र नागरिकका अधिकारहरु बलियो ढंगले स्थापित गर्न अहिले हामी रहेको संगठन प्रेस सोसाईटी नेपालबाट संम्भव देखिएन । त्यसैले आजको मितिदेखि हामीले प्रेस सोसाईटी नेपालको सम्पूर्ण जिम्मेवारी परित्याग गरेको घोषणा गर्दछौं । साथै, आगामी दिनहरुमा देश र जनताको निम्ति कलम चलाउने प्रण गर्दै पेशागत हकहित र अधिकारको निम्ति क्रान्तिकारी पत्रकार संगठनमा गोलबन्द हुने घोषणा गर्दछौं । विज्ञप्तीमा भनिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *