घोराहीमा नँया वर्षको अवसरमा राष्ट्रिय स्तरको सांगीतिक कार्यक्रम हुने

२०७४ चैत्र १३, मंगलवार १५:४४ गते २०७४ चैत्र १३, मंगलवार १५:४४ गते २०७४ चैत्र १३, मंगलवार १५:४४ गते

दिपक वली
दाङ, १३ चैत
दाङको घोराहीमा राष्ट्रिय स्तरको साँस्कृतिक कार्यक्रम हुने भएको छ । अनाथ बालबलिकाहरुको लागि सहयोगार्थ स्वरुप सांगीतिक कार्यक्रम हुने भएको हो । पछिल्लो समयमा प्रतिस्पर्धात्मक रुपमा भइरहेका बेला घोराहीका युवाहरुको जोस जाँगरका साथ यति ठुलो लगानिमा ब्याटल साँस्कृतिक कार्यक्रम गर्न लागियको पनि आयोजक संस्थाका सदस्य सुदन नेपालले जानकारी दिनुभयो । २०७५ सालको नँया वर्षको अवसर पारेर रोल्पाली सेवा समाज समितिका युवाहरुले उक्त कार्यक्रमको आयोजना गरेका हुन ।

आज घोराही स्थित सिटि गार्डेनमा पत्रकार सम्मेलन गरी रोल्पाली सेवा समाजले सांगीतिक कार्यक्रमको बारेमा जानकारी दिएका थिए ।यहि चैत्र ३० गते घोराहीको कर्मचारी मिलन केन्द्रमा हुने सांगीतिक कार्यक्रममा नेपालको चर्चित कब्वेब व्याण्ड र स्पन्दन व्याण्डको साथै चर्चित मोडेलहरुका साथमा स्थानीय कलाकारहरको पनि बेजोड प्रस्तुती रहने पनि उक्त समाजका सदस्य नेपालले जानकारी दिनुभयो भने कार्यक्रमको बारेमा रोल्पालि समाजका सदस्य हरी श्रेष्ठले प्रकाश पार्नु भएको थियो । यसका साथ साथै कार्यक्रमबाट गरीएको सम्पुर्ण आम्दानी अनाथ बालबालिकाहरुलाई सहयोग गर्ने बताउनु भयो ।
पत्रकार सम्मेलनमा प्रमुख अतिथि नेपाल पत्रकार महासँघ दांङका अध्यक्ष सबिन प्रियासन, नयाँ युगबोध राष्ट्रिय दैनिकका सह–सम्पादक नरेन्द्र केसीले लगायतले आ–आफ्नो शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमलाई सहयोग गर्ने ब्यक्तिहरुलाई खादा ओढाइ सम्मान पत्र समेत प्रदान गर्ने रोल्पाली समाज सेवा दाङका सदस्य बाबु पुनले बताउनु भयो ।रोल्पाली सेवा समाजका सदस्य तथा समाज सेवी बाबु पुनको अध्यक्षतामा तथा पत्रकार महासघं दाङका अध्यक्ष सबिन प्रियासनको प्रमुख आतिथ्यता र नयाँ युगबोध राष्ट्रिय दैनिकका सह–सम्पादक नरेन्द्र केसि को बिशिष्ट आतिथ्य लगायत सम्पुर्ण क्रियाशिल पत्रकारहरुको उपस्थितिमा भएको उक्त पत्रकार सम्मेलनको सहजिकरण राप्ती अनलाइनका प्रकाशक÷सम्पादक तथा डिटेन इन्टरटेन्मेन्टका अध्यक्ष विष्णु कुमार देवकोटाले गर्नु भएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *