मुहार फेरिदै घोराहीको प्रसिद्ध धार्मिक स्थल अम्विकेश्वरी मन्दिर

२०७४ चैत्र १३, मंगलवार १६:०६ गते २०७४ चैत्र १३, मंगलवार १६:०६ गते २०७४ चैत्र १३, मंगलवार १६:०६ गते

नयाँ भवनमा पुरानो प्रविधि ‘सुर्की ’

गिरिराज नेपाली
दाङ । अढाई सय वर्ष पुरानो दाङको प्रसिद्ध धार्मिक पर्यटकिय क्षेत्र अम्विकेश्वरी मन्दिर मुहार फेरिने प्रयासमा छ । जीर्ण भवनमा रंग रोगनले चिटिक्कै बन्दै आईरहेको अम्विकेश्वरीले करिव अढाई सय वर्षको यात्रापछि नयाँ मुहार पाउदै छ । मन्दिर परिसरमा बनेका साना साना मन्दिरहरु भर्खर –भर्खर निर्माण भए पनि मुख्य मन्दिर भने अढाई सय वर्ष पुरानो हो । मुख्य मन्दिरको संरक्षणका लागि बेला–बेला मर्मत सम्भार संगै रंगरोगन मात्रै फेरिने गरेको उक्त मन्दिर अब संरचना नै फेरिन लागेको छ । मन्दिरको नयाँ संरचना निर्माण नेपालको पुरानो शैली र प्रविधिमा गरिने लागेको हो । नेपालको पुरानो निर्माण प्रविधि सुर्की प्रविधिमा मन्दिर संरचना निर्माण गरिने लागेको छ ।

सत्ययुगमा सत्यदेवीको दाहिने कान पतन भई पौर वन्धन पिठ अम्विका देवी चन्द्रवेगा योगिनी धनेश्वर महादेवको उत्पत्ति भएको उक्त मन्दिरको निर्माण किमदन्ती छ । निर्माण भएको अढाई सय पछि उक्त मन्दिर नयाँ योजना र नयाँ संरचनाका साथ फेरिन लागेको हो । नयाँ मन्दिरको निर्माण पुरानो प्रविधि वाट गरिने भएको छ । जीर्ण संरचनाको विच–विचमा मर्मत सम्भार गरे पनि त्यो दिर्घकालिन हुन नसक्ने भन्दै मन्दिरमा नयाँ संरचना निर्माणको काम शुरु गरिएको छ ।

अम्विकेश्वरी मन्दिर व्यवस्थानि समितिका अध्यक्ष कुमुद पोख्रेलले यही फागुनको दोस्रो साता देखी मुख्य मन्दिरको पुरानो संरचना भत्काउने काम शुरु गरिएको उहाँले बताउनुभयो । पुरातात्विक विभागको लगानीामा संरचना फेरिन लागेको हो । दर्शालुहरुको दान मन्दिरको आम्दानी र स्थानीय तहहरुका थोरै– थोरै लगानीमा मर्मत सम्भार गरिदै आईरहेको उक्त मन्दिरले लामो समय सम्म जिर्ण भवनमा रग रोगन गर्दै वाहिरी बनावट चिटिक्कै पारिए पनि लामो समय पछि मुख्य मन्दिरको संरचना फेरिन लागेको व्यवस्थापनि समितिका अध्यक्ष पोख्रेलले बताउनुभयो ।

पुरानो र साँधुरो संरचनाका कारण दर्शालुहरुलाई पुजाआजा गर्न समस्या पारेको थियो । मन्दिरको नयाँ संरचनाको निर्माण संगै मन्दिरको रुप दर्शालुहरुको समस्या टरेर जाने उहाँको भनाई छ । पुरातात्विक विभागले दुई करोड, ९२ लाख, ९७ हजार, ९ सय ४६ रुपैयाँको लागतमा मुख्य मन्दिरको नयाँ संरचना निर्माण गर्न लागिएको छ । मन्दिरको पुरानो संरचना ढुङगा, माटो, वालुवा र ईट्टा प्रयोग गरी २०३२ सालमा मन्दिर २२ फिट अग्लो थप गरिएको जानकारी दिनुभयो । त्यसपछि मन्दिर रंगरोगनके भरमै चल्दै आईरहेको संरचनाको अवस्था वर्षेनी जीर्ण बन्दै आईरहेको थियो ।

जसले गर्दा मन्दिरको विकास र संरक्षणमा समेत केही समस्याको महसुस समितिले गरेको उहाँले बताउनुभयो । मन्दिरको नयाँ संरचना निर्माणका लागि पुरानो संरचना भत्काउने काम भर्खर शुरु गरिएको छ । निर्माण हुने संरचनामा कुनै धातु ,सिमेन्ट , बालुवा , गिट्टीको प्रयोग नगरी निर्माण गर्न लागिएको छ । चुन तथा ईट्टाको धुलो प्रयोग अर्थातले पुरानो निर्माण प्रविधि सुर्की द्वारा निर्माण गरिन लागेको छ । मन्दिर आकर्षक, कलात्मक ,सुन्दर र पुरानो प्रविधि लाई प्रोत्साहन गर्ने गरी मन्दिरको निर्माण सुर्की प्रविधिवाट प्यागोडा शैलीको मन्दिर निर्माण गरिने लागिएको छ । करिव ३२ फिट मन्दिरको उचाई रहने पोख्रेलले जानकारी दिनुभयो ।

मन्दिर परिसरको मुख्य मन्दिर नव निर्माणका लागि भत्काए पनि मन्दिर भित्र रहेको देवीगर्भ भने यथास्थानमै राखिएको छ । धार्मिक मान्यता अनुरुप देवीगर्भ लाई सार्न नमिल्ने भन्दै यथास्थानमै राखिएको छ । संरचना भत्काए पनि देवीगर्भमा नसारिएकाले दैनिक नृत्यकर्म भईरहेकाले पुजाआजा –दर्शन सक्ने बन्दोबस्त मिलाईएको पोख्र्रेलले जानकारी दिनुभयो । धार्मिक मान्यता अनुरुप दैनिक मन्दिरमा पाठपुजा र दर्शनार्थीहरु आईरहेकाले दर्शनका लागि कुनै समस्या नरहेका उहाँले जानकारी दिनुभयो । चैते अष्टमीमा पनि मन्दिरमा पुजाआजा र दर्शन गर्न सकिने उहाँले जानकारी दिनुभयो । उक्त भवन पुरातात्विक विभागले आगामी माघ मसान्त सम्ममा निर्माण सम्पन्न गरी मन्दिर व्यवस्थापन समिति लाई हस्तान्तरण गर्ने सहमति गरिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *